२९ असोज २०८३, बिहिबार

सिवाईसीले सुरु गर्यो एटिएम सेवा

२०७७ असार २७, शनिवार
सिवाईसीले सुरु गर्यो एटिएम सेवा

बागलुङ, २७ असार

बागलुङ जिल्लामा सबैभन्दा बढी सदस्य भएको सिवाईसी  सहकारी संस्थाले युवा पुस्तालाई सहकारी संस्थामा आकर्षित गर्ने उदेश्यले धौलागिरि मै पहिले एटीएम सेवा संचालन गरेको छ ।

एटिएम काउन्टरको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले शनिबार उद्घाटन गर्नुभएको थियो ।

आर्थिकसँगै प्रविधिको विकासमा सहकारीले मारेको फड्को प्रसंसा योग्य रहेको र गरिबी निवारणमा सहकारीको भुमिका महत्वपुर्ण रहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड १९) को कारण विश्व नै आक्रान्त बनिरहेको बेला सहकारी संस्थाले सदस्यलाई सहकारीमार्फत हुँदै आएको आर्थिक काम कारोबार गर्न अझै सहज होस् भनेर एटिएम सेवा सुरू गरेको अध्यक्ष चण्डी प्रसाद शर्माले बताउनुभयो ।

सहकारी संग १ अरब २ करोड २६ लाख ७२ हजार ४ सय ६७ रूपैयाँ बचत निक्षेप ऋण लगानी ८४ करोड ३९ लाख ६६ हजार ९० रूपैयाँ सहकारी को कुल सम्पत्ति १ अरब ४३ करोड १९ लाख ८५ हजार २१५ रूपैयाँ रहेको छ ।

अभिलेख

लोकप्रिय