अध्ययन भन्छ : सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो
काजी श्रेष्ठ
काठमाडौं, २६ असार
कोरोना भाईरस (कोभिड १९) को असर सहकारी क्षेत्रमा नपरेको एक अध्ययनले देखाएको छ ।
सहकारी विभागले गरेको अध्ययनले सहकारीको कूल बचत संकलन ८.६३ प्रतिशत र तरलता २.७५ प्रतिशत बढेको देखाएको छ । त्यस्तै सहकारीको कूल सम्पत्ति ४ प्रतिशत भन्दा बढिले बढेको अध्ययनले देखाएको छ ।
सहकारीको लगानीमा भने २ प्रतिशतले कमी आएको अध्ययनको निष्र्कष रहेको छ । सहकारी विभागले २ वटा केन्द्रीय संघ र २८ वटा प्रारम्भि सहकारीको अध्ययन गरेको थियो । सहकारी विभागले २०७६ चैत्र १० र २०७७ जेष्ठ मसान्त बीचको वित्तीय अवस्थाको अध्ययन गरेको थियो । यी संघ/संस्थाको २०७६ चैत्र १० र २०७७ जेष्ठ मसान्त बीचको वित्तीय अवस्था अध्ययन गरेको जनाएको छ ।
२ वटा केन्द्रिय सहकारी संघ, १७ वटा बचत तथा ऋण सहकारी संस्थाहरू, ९ वटा बहुद्दश्यीय सहकारी संस्थाहरू, कृषि र दुग्ध सहकारीको अध्ययन गरेको थियो ।
केन्द्रिय संघमा तरलता ८ प्रतिशत, कूल सम्पत्ति झण्डै १३ प्रतिशतले बढेको छ । त्यसैगरी बचत करिब १५ प्रतिश, ऋण तथा बचतको अनुपात १० प्रतिशतले घटेको अध्ययनले देखाएको छ । त्यस्तै ऋण लगानीमा करिब ३ प्रतिशतले संकुचन आएको अध्ययनले देखाएको छ ।
बचत तथा ऋण सहकारी संस्थातर्फ समुहका १७ वटा बचत तथा ऋण सहकारी मध्ये १२ संस्थाको कूल सम्पत्ति र १५ संस्थाको बचत संकलन बढेकै देखिएको छ । समग्रमा बचत रकम १.६ प्रतिशत र तरलता १ प्रतिशतले बढेको छ । बचत र तरलता बढ्दा बढ्दै पनि ऋण लगानीमा करिब २.८ प्रतिशत घटेको हुनाले बचत र ऋणको अनुपात करिव ४ प्रतिशतले घटेको छ । समग्रमा कूल सम्पति ०.५४ प्रतिशतले घटेको छ ।

बहुउद्देश्यीय सहकारी संस्थातर्फ कूल सम्पत्तिमा ०.५५ र तरलतामा १ प्रतिशतले बढोत्तरी भएको अध्ययनले देखाएको छ । ऋण तथा बचत अनुपात २ ५ ले घटेको भएता पनि जम्मा बचत संकलन भने करिब १.५ प्रतिशतले बढेको देखिन्छ ।
कृषि तथा दुग्धतर्फ सस्थाको वित्तीय कारोबारमा केही उतार चढाव देखिए पनि मुख्य कारोबार (दुग्ध पदार्थ) मा भने बन्दाबन्दीले कुनै असर गरेको नदेखिएको अध्ययनको निष्र्कष रहेको छ । दुग्ध पदार्थको खरिद (परिमाणगत) २३ प्रतिशतले र बिक्री २४.९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । त्यसैगरी मूल्यगत रुपमा हेर्दा खरिद २३.६ प्रतिशतले बढ्दा बिक्री २५.३ प्रतिशतले बढेको छ ।
सहकारी विभागले शुन्य लागतमा अध्ययन गरेको हो । २१ दिन लगाएर गरेको अध्ययनमा १८ जना कर्मचारी सहभागी थिए । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले शुक्रबार सहकारी मन्त्री पद्माकुमारी अर्याल र अर्थ मन्त्री डा. युवराज खतिवडालाई अध्ययन प्रतिवेदन बुझाउनु भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार