२० घर परिवारलाई आइडियल यमुनाको राहत
२०७७ असार २५, बिहिबार
काठमाडौं, २५ असार
आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ ।
जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने २० घर परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा बासोबास गर्ने अति विपन्न र अशक्तहरुलाई प्रति परिवार एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, पाँच प्याकेट नुनलगायतको खाद्यन्न वितरण गरिएको संस्थाका अध्यक्ष क्वायङ लामाले बताउनुभयो ।
कोरोना भाइरस९कोभिड १९० का कारण समस्यामा परेका दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई संस्थाले खाद्यन्न सहयोग गरेको हो । संस्थाले कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन आफ्ना सदस्य तथा समुदायमा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार