नेफ्स्कूनको कामु प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पोखरेल
काठमाडौं, २३ असार
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)को कामु प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पोखरेल नियुक्त हुनु भएको छ ।
प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको पाँच वर्षे कार्यकाल सकिएपछि उहाँले राजीनामा दिनुभएको थियो । चितवनमा २२ र २३ गते बसेको नेफ्स्कूनको बोर्ड बैठकले सापकोटाको राजीनामा स्विकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सिईयोमा नियुक्ती गरेको हो ।
सापकोटाले केही दिन अघि मात्रै राजीनामा गर्नुभएको थियो । गत वर्षको असार १ गतेदेखि लागू हुनेगरी नेफ्स्कूनले नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरेललाई नियुक्त गरेको थियो । एक वर्षको अवधिमा पोखरेलले गरेको कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै नेफ्स्कून बोर्डले नयाँ जिम्मेवारी दिएको हो ।
केही समय कामु सिईयोको जिम्मेवारी दिएर सिईयो बनाउने नेफ्स्कूनको तयारी रहेको बुझिएको छ ।
`
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार