सहकारी एकीकरण अभियानलाई तीब्रता दिँदै हाम्रो मध्यवर्ती
बर्दिया, २३ असार
बर्दिया ठाकुरबाबा नगरापालिका, भुरिगाउँ स्थित हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था र राधाकृष्ण बचत तथा ऋण सहकारी बिच सोमबार एकिकरण घोषणा भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका, भुरिगाउँ बजारमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय नगरमा सहकारी एकीकरणको अभियानलाई व्यापक बनाउँदै गएको हो ।
नगरमा रहेका सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ हाम्रो मध्यवर्ती सहकारीले नगरमा एकिकरण अभियानलाई तिब्रता दिएको हो ।
एकिकरण अभियान जुटेको हाम्रो मध्यवर्ती सहकारीले हालसम्म ८ वटा सहकारी संस्थालाई एकिकरण गर्न सफल भएको छ । छोटो समयमा धेरै सहकारी संस्था एकिकरण गर्न सफल यो सहकारी जिल्लाकै पहिलो हो । नगरमा स्थापना भई बचत तथा ऋणको काम गर्ने एकल उद्देश्य बोकेका सहकारीहरुलाई हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीले एकिकरण गर्दै आएको छ ।
सुरुमा नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारीको नामबाट सञ्चालन भएको सहकरीले २०७४सालदेखि एकिकरण अभियान चलाएको थियो । पहिलो चरणमा प्रयत्न बचत तथा ऋण सहकारी, श्रीकृष्ण सहकारी र जनचेतना सहकारी एकिकरण गरि हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी नामाकरण गरिएको थियो ।
दोस्रो चरणमा जागृती महिला बचत, कर्णाली बचत र जलेश्वर सहकारीलाई एकिकरण गरियो । पछिल्लो समय हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी र राधाकृष्ण बचत तथा ऋण सहकारी बिच पनि एकिकरण भएको छ ।
यस्तै सोमबार भएको एकिकरण घोषणा सभामा प्रतिनिधी सभा सदस्य तथा पूर्व सिँचाइ मन्त्री सञ्जय गौतमले राधाकृष्ण बचत तथा ऋण सहकारी र हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था एकिकरण भएको औपचारिक घोषण गर्नुभयो । एकिकरणसँगै सहकारीको नाम परिवर्तन भई हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.नामाकरण भएको छ ।
एकिकरणसँगै सहकारीको कारोवार र शेयर सदस्यको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सहकारीले जनाएको छ । ८ वटा सहकारी संस्था एकिरकण भई बनेको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारीले हाल ३० करोड २५ लाख रुपैँया बराबारको कारोवार गरिरहेको सहकारीका प्रबन्धक गणेश बहादुर थापाले जानकारी दिनुभयो ।
प्रबन्धक थापाका अनुसार एकिकरण पश्चात संस्थामा शेयर सदस्यको संख्या ७ हजार भन्दा बढी रहेको छ । सहकारीको शेयर पूँजी ३ करोड ५० लाख पुगेको छ भने हालसम्म सहकारीले २१ करोड ५० लाख बचत संकलन गरेको छ । सहकारीका विभिन्न कोषमा १ करोड २५ लाख रुपैँया रहेको प्रबन्धक थापाले बताउनुभयो ।
सहकारीले १७ प्रकारका बचत सुविधा, १४ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै सदस्यलाई सेवा प्रदान गर्ने गरेको छ । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँबजारमा मुख्य कार्यालय रहेको यो सहकारीले आफना शेयर सदस्यहरुलाई ६ वटा सेवा केन्द्र, २ वटा बचत संकलन केन्द्र र केन्द्रिय कार्यालय मार्फत सदस्यलाई सेवा दिँदै आइरहको सहकारीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार