सिवाइसी साकोसद्वारा क्युआर कोड सेवा सुरु
बागलुङ, २० असार
गण्डकी प्रदशेमा सहकारीको फरक पहिचान बनाउन सफल बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबारका लागि डिजिटल प्रणाली शुरु गरेको छ ।
प्रविधिमैत्री सेवा र सदस्यको सुविधाको लागि मोवाइल एप्समार्फत आर्थिक कारोबार गर्न सदस्यलाई सहज हुने बिश्वासका बिहीबारबाट क्युआर कोड सेवा सुरु गरेको हो । साकोसको वार्षिक योजना तथा बजेट तर्जुमा गोष्ठीको अवसरमा संचालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पहिलो पटक सहकारीका सचिव जयराम भारी, सदस्य दिपा पौडेल, विष्णुराज पन्त, लेखा समिति सदस्य हरी शर्मालाई क्वुआर कोड वितरण गर्नु भएको थियो ।
सो अवसरमा सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले धौलागिरी क्षेत्रमै सिवाइसीले पहिलो पटक शेयर सदस्यलाई ‘क्यासलेस कारोबार’ का लागि क्युआर कोड सेवा सुरु गरेको वताउनुभयो ।
चेकबुक, र रकम बोकेर हिड्नु पर्ने समस्या अन्त्य गर्न सहकारीले समयको माग अनुसार डिजिटल सेवा सुरु गएको बताउनु भयो । एप्सबाट सबै किसिमको भुक्तानी गर्नका लागि सहज हुने बिश्वास गरिएको छ । सार्थै मोवाइल वैकिङ मार्फत ब्यालेन्स पठाउन, टेलिफोन, बिजुली तिर्न समेत यो एप्सको मदतले सहज हुने सहकारीका सचिव जयराम भारीले बताउनुभयो ।
क्यासलेस कारोबारमा प्रोत्साहन गर्ने उदेश्यले संस्थाले निर्माण गरेको ‘क्युआर कोड’ बितरण गर्दै त्यसमार्फत भुक्तानी गर्न सदस्यलाई प्रेरित गर्ने सहकारीको योजना छ ।
यही असार अन्तीम साता एटिएम लगायतका सेवा सुरु गर्ने तयारी गरेको सहकारीले शेयर सदस्यको माग अनुसार डिजिटल सेवालाई प्राथमिकता दिने तयारी गरेको छ । एटीएमसँगै स्मार्ट मोबाइल, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, क्यूआर कोडलगायत प्रविधि प्रयोगमा सहकारीले सदस्यलाई जोड्न लागेको सहकारीका कार्यकारी अधिकृत कवि न्यौपानेले बताउनु भयो । यसैबीच बिहीबार सहकारीको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
संचालक समितिका पदाधिकारी, सल्लाहकार, लेखा समिति, विभिन्न विषयगत उपसमिमित ,सेवा केन्द्रका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार