आज अन्तर्राष्ट्रिय सहकारी दिवस
काठमाडौं, २० असार
आज जुलाई महिनाको पहिलो शनिवार अर्थात् ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ ।
अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विश्वभरका सहकारीहरुको छाता संगठन–अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) लगायत सदस्य मुलुकका सहकारी संघ संस्थाहरुले जनचेतना, शिक्षा, सम्मान र प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेका छन् ।
यस बर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको विषयवस्तु कोप फर क्लाइमेट एक्सन (जलवायु कार्यका लागि सहकारी) तय गरिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण सीमित व्यक्तिहरु माँझ भौतिक दूरी कायम गरी र अन्यसँग भर्चुअल माध्यममार्फत जोडिएर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम तय भएको आईसीएले जनाएको छ । केही दिन अघि मात्र आईसीएले फोटो प्रतियोगिता, भिडियो प्रतियोगिता जस्ता कार्यक्रम आयोजना गरेको थियो ।
नेपालमा पनि उक्त दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघले आज अपरान्ह सीमित व्यक्तिहरुको उपस्थिति र अन्य सहकारीकर्मीहरुलाई महासंघको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष जोडिने अवसर सहित विशेष कार्यक्रम साथै उत्कृष्ठ सदस्य संघ संस्थाहरुलाई पुरस्कार घोषणा र वितरण कार्यक्रम आयोजना गरेको छ ।
#CoopsDay
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार