देशभरबाट उत्कृष्ट सहकारी पुरस्कृत
काठमाडौं, २० असार
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सहकारी संघ/संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् ।
केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भयो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ट सहकारी पुरस्कार संघका अध्यक्ष परितोष पौडेललाई प्रदान गर्नुभयो । पुरस्कार राशी नगद २० हजार रहेको छ ।
त्यसैगरी जिल्लास्तरीय संघहरु मध्येबाट जिल्ला सहकारी संघ लि. बाँके पुरस्कृत भएको छ । प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकराी संस्था, रौतहट, बागमती प्रदेशबाट चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भए । संस्थाको वित्तीय अनुशासन, नियमिततालगायतका कार्य हेरेर पुरस्कार प्रदान गरिएको महासंघको पुरस्कार छनोट समितीका संयोजक तथा संचालक खेम पाठकले बताउनुभयो ।

सो अवसरमा सदस्य संघहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा १० वटा संघलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जसमा मोरङको जिल्ला कृषि सहकारी संघ, जिल्ला सहकारी स.घ तेह्रथुम, सप्तरी र सिन्धुलीको जिल्ला बचत तथा ऋण सहकारी स.घ रहेका छन् ।

त्यसैगरी काठमाडौंको जिल्ला बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका जिल्ला बचत तथा ऋण सहकारी संघ, केन्द्रीय दुग्ध सहकारी संघ रहेका छन् । त्यसैगरी उपकरण सहयोग प्राप्त गर्नेमा स्याङजाको जिल्ला बचत तथा ऋण सहकारी संघ, पाल्पाको जिल्ला सहकारी संघ र दार्चुलाको जिल्ला सहकारी संघ रहेका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार