चन्द्रसूर्य साकोसले व्याजमा दश प्रतिशत सम्म छुट दिने, जरिवाना नलिने
ललितपुर : ललितपुरको सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई लकडाउनको अवधिमा पाकेको व्याजमा १० प्रतिशत सम्म छुट दिनेभएको छ ।
संस्थाले एक सूचना प्रकाशित गरेर असार २५ गते सम्म व्याज तथा किस्ता भुक्तानी गर्ने सदस्यलाई लकडाउन अवधिको व्याजमा ५ देखि १० प्रतिशत सम्म छुट दिने जनाएको हो ।
गत फागुन मसान्त सम्म कर्जाको नियमित किस्ता र व्याज भुक्तानी गरेका सदस्यले असार २५ गते सम्म व्याज र किस्ता बुझाएमा लकडाउनको अवधिमा पाकेको व्याजमा १० प्रतिशत छुट दिने संस्थाले निर्णण गरेको छ ।
यसैगरी फागुन मसान्तसम्म कर्जाको व्याज भुक्तानी गरेका सदस्यले त्यस यताको व्याज तथा किस्ता भुक्तानी गरेमा लकडाउनको अवधिमा पाकेको व्याजमा ७ प्रतिशत छुट दिने भएको छ ।
संस्थाले फागुन मसान्त सम्म कर्जाको किस्ता र व्याज भुक्तानी नगरेका सदस्यलाई पनि छुट सुविधा दिएको छ । यस्ता ऋणी सदस्यले असार २५ गते सम्म व्याज तथा किस्ता बुझाएमा लकडाउनको अवधिमा पाकेको व्याजमा ५ प्रतिशत छुट हुनेभएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सदस्यलाई यस अवधिको सम्पूर्ण जरिवाना छुट गरेको संस्थाका अध्यक्ष रामशरण बस्नेतले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार