सहकारीमा व्यवसाय कर तोकियो, अब बार्षिक कति तिर्नुपर्छ ?
काठमाडौं : काठमाडौं महानगरपालिकामा रहेका सहकारी र लघुवित्त संस्थाहरुले व्यवसाय कर बराबरी तिर्नुपर्ने भएको छ । महानगरमा संचालन भएका सहकारी तथा लघुवित्त संस्थाहरुलाई व्यवसाय कर वार्षिक ५ हजार तोकिएको छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गर्दै ब्यवसाय करको दर तोकेको हो । असार १० गते महानगरपालिकाकी उपमेयर हरीप्रभा खड्कीले नगरसभाको सातौं अधिवेशनमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवसायको प्रकृतिका आधारमा दर तोकेको छ ।
सहकारी बैंकको केन्द्रिय कार्यालयले बार्षिक २५ हजार तथा शाखाहरुले वार्षिक १५ हजार ब्यवसाय तिर्नु पर्ने छ । त्यसैगरी सहकारी र लघुवित्तले बार्षिक ५ हजार तथा सहकारीका शाखा तथा सम्पर्क कार्यालयहरुले वार्षिक ३ हजार ब्यवसाय कर तिर्नु पर्ने छ भने महिला सहकारीहरुले वार्षिक २ हजार ब्यवसाय कर तिर्नु पर्ने भएको छ ।
बजेटमा व्यवसायको प्रकृतिका आधारमा दर तोकिएको छ । प्रस्तुत बजेटमा पूँजीगत लगानी, आर्थिक कारोबार, ब्यवसायको प्रकृति र प्रकारका आधारमा दर तोकिएको छ । महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा ब्यापारिक बस्तु, विशेषज्ञ परामर्श सेवा, उत्पादन तथा ब्यवसायमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन ब्यवसाय, संचार सेवा ब्यवसाय, वित्तिय सेवा ब्यवसाय, स्वास्थ्य सेवा ब्यवसायलगायतको करको दर तोकिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार