विपतमा बहुउद्देश्यीय सहकारीहरुले निर्वाह गरे सहयोगी भूमिका
यस अवस्थामा बहुउद्देश्यीय सहकारीहरुले आफ्ना सदस्यका लागि वित्तीय व्यवस्थापनमा समस्या नहोस् भनेर लगानीयोग्य रकम (तरलता) व्यवस्थापन कोष खडा गरेका छन् । भोलिका दिनमा सहकारी संस्थाहरुमा तरलता अभाव समस्या समेत आउन सक्ने खतरा बढेर गएकाले यसलाई मध्यनजर गर्दै केन्द्रीय संघले तरलता व्यवस्थापन कोषको स्थापना गरेको काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोजकुमार थापाले बताए ।
उनले भने, ‘अहिले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले तरलता व्यवस्थापन कोषको स्थापना गरेको छ । विपत लम्बिदैं गएमा काठमाडौं जिल्ला संघले पनि तरलता व्यवस्थापन कोष स्थापना गर्नेछ ।’ त्यसो त कोरोनाका कारण सहकारी क्षेत्रमा तरलता व्यवस्थापनको विषय मात्र होइन, समग्र सामाजिक उत्तरदायित्व, आफ्ना मूल्य मान्यता र सिद्धान्तलाई समेत जोगाउनु सहकारीका लागि चुनौती बनेको छ । यस्तो अवस्थामा बहुउद्देश्यीय सहकारीहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपतमा परेका सदस्यहरुलाई खाद्यान्न लगायतका सहयोग गरेको अध्यक्ष थापाले बताए ।
सहकारी सदस्यहरुलाई कोरोना संक्रमण भएमा राहत होस् भन्ने उद्देश्यका साथ अधिकांश सहकारीले आफ्ना सदस्य र कम्पनीको आपसी समझदारीमा कोरोना बिमा गरेका हुन् । उनले भने, ‘अधिकांश बहुउद्देश्यीय सहकारीले आफ्नो सदस्यहरुको कोरोना बिमा गरिदिएको छ । कोरोना बिमाका लागि २५% देखि ५०% सम्म रकम सहकारी संस्थाले व्यहोरेका छन् भने बाँकी रकम सदस्य आफैंले तिरका छन् ।’ बाँकी सहकारीले पनि सदस्यहरुको कोरोना बिमा गर्ने क्रममा रहेको उनले जानकारी दिए ।
सोही अनुरुप बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुले पनि आफ्ना सदस्यलाई विपतको समयमा विभिन्न सहयोग गर्दै आएको बताएका छन् । यसैक्रममा मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था बालाजुका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले यो विपतामा सहकारी संस्था र यसका सदस्यहरु प्रभावित भएको बताए । उनले विपतमा रहेका आफ्नो सदस्यलाई राहात होस् भन्ने उद्देश्यका साथ आर्थिक तथा दैनिक उपभोग्य खाद्यान्न वितरण गरेको उनले जानकारी दिए । उनले भने, ‘यस विपतमा तत्कालका लागि सदस्यलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छौं ।’
उनले यो विपत कहिलेसम्म लम्बिने हो एकिन नभएकाले मेगाड्रिम बहुउद्देश्यीय सहकारीले पनि विपत व्यवस्थापन उपसमिति गठन गरेको बताए । यस समितिले दीर्घकालसम्म आफ्ना सदस्यलाई कसरी विपतमा सहयोग गर्ने भन्ने योजना ल्याउनेछ ।’ उनले लक डाउन अवधिभर आफ्ना ग्राहकलाई कर्जाको ब्याजदरमा १०% छुट दिएको जानकारी दिए । यता, हिलटप जुनार बहुउद्धेश्यीय सहकारी संस्थाले पनि विपतमा आफ्ना सदस्यहरुलाई राहत महशुस गराउन विभिन्न किसिमका योजना अघि सारेको प्रबन्धक सुमन विक्रम थापाले बताए । उनले ऋण लिएका सदस्यलाई ब्याजदरमा ५% छुट दिएको बताए ।
खानबस्न नै समस्या भएका सहकारी सदस्यहरुलाई केही राहत महशुस होस् भन्ने उद्देश्यका साथ आर्थिक सहयोग गरेको पनि उनले जानकारी दिए । उनले भने, ‘यस सहकारीले खान बस्न नै समस्या भएका आफ्ना सदस्यहरुका लागि केही राहत होस् भन्ने उद्देश्यका साथप्रति सदस्य २ हजार रुपैयाँ उपलब्ध गराएको छ ।’ ऋण आवश्यक हुने सदस्यलाई सहुलियतपूर्ण कर्जा दिएको पनि बताए सहकारीले विपत व्यवस्थापन नीति २०७७ ल्याएको पनि उनले जानकारी दिए । यसमार्फत विपतमा परेका सदस्यहरुलाई भविष्यमा पनि सकेको सहयोग गर्ने योजना रहेको उनको भनाई छ ।
उनले सदस्यहरुलाई राहत दिने उद्देश्यका साथ हर्जना भने नलिएको जानकारी दिए । अहिलेको विषम परिस्थितिले निम्त्याएका समस्यासँग लड्दै फेरि तंग्रिएपछि पनि सहकारी क्षेत्रको दीगो विकासका लागि सरकारको साथ र सहयोग अपरिहार्य रहेको सहकारी अभियान्ताहरुको भनाई छ । अहिले नेपालभर करिब ४ हजार ५ सय बहेउद्देश्यीय सहकारी संस्था सञ्चालनमा छन् । यीमध्ये काठमाडौं उपत्यकामा मात्रै ५३१ वटा यस्ता सहकारी छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार