लकडाउन खुकुलुहुँदा पनि केही सहकारी अझै बन्द, सबै प्रकारको सेवा दिन विभागको निर्देशन
काठमाडौं, ७ असार
लकडाउन खुकुलो भए पनि कोरोनाको कारण देखाई कतिपय सहकारी संस्थाहरुले अझैपनि सेवा नदिएको गुनासो आएपछि सहकारी विभागले निर्देशन जारी गरेको छ ।
सहकारी संघ/संस्थाहरुलाई दुई सिफ्ट गरेर भएपनि निरन्तर सेवा दिन सहकारी विभागले परिपत्र जारी गरेको हो । सहकारी संघ/संस्थाबाट प्रवाह गरिने सबै प्रकारका सेवाहरु संचालन गर्न भन्दै विभागले परिपत्र जारी गरेको हो ।
सरकारले असार १ गतेबाट लकडाउनलाई केही खुकुलो गरेको र सम्पूर्ण बैंक, सहकारी, बिमा वित्तिय संस्थालगायतलाई सेवा संचालन गर्न भने पनि केही सहकारीहरु बन्द रहेको र सेवा दिन पनि आनाकानी गरेकोले विभागले परिपत्र जारी गरेको बताएको छ ।
कोरोनाको कारण देखाई कतिपय संस्थाहरुले अझैपनि सेवा नदिएको, दिन आनाकानी गरेको र सेवालाई नियमित नगरेको लिखित तथा मौखिक उजुरी आएकोले परिपत्र जारी गरेको विभागले जनाएको छ ।
विभागले आफू र सदस्यको स्वस्थ्यलाई ध्यानमा राखेर, सकेसम्म विद्युतिय माध्याम प्रयोग गरी सेवा निरन्तर दिन सहकारी संघ संस्थालाई भनेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार