सहकारी बैंकको कार्यकारी प्रमुखमा गुरागाईको निरन्तरता
काठमाडौं, २९ जेठ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सि.ए. बद्रीकुमार गरागाई पुन नियुक्ती हुने भएका भएका छन् । बैंक सञ्चालक समितिको बुधवार सम्पन्न वैठकले गुरागाईलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।
२०७५ साल पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरागाईको समयावधी सकिन ६ महिना पहिला नै बैंक सञ्चालक समितिले पुनः ४ वर्षका लागि समय थप गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो । म्याद सकिन भन्दा ६ महिना पहिला प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नु पर्ने बैंकको प्रावधान रहेको छ । त्यस भन्दा पहिला नायव महाप्रवन्धकका रुपमा गुरागाईले काम गर्नु भएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को समेत पूर्व प्रमुख कार्यकारी अधिकृत भइ काम गरेका गुरागाईको सहकारी क्षेत्रमा लामो अनुभव छ । देशभरका सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि गुरागाईको थप योगदान हुने ठहरका साथ आगामी ४ वर्षका लागि म्याद थप गरिएको वैठकका सहभागीले बताएका छन् ।
सञ्चालक समितिको निर्णय, सदस्य संघ संस्थाहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरेर सहकारी क्षेत्रमार्फत देशको समग्र आर्थिक तथा सामाजिक योगदानमा प्रतिफल दिने गरी सहकार्य गरेर अगाडि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बैंकको बैठकले कोरोना संक्रमणका कारण जारी लकडाउनमा सदस्य संस्थाहरुको कारोबार नभएको र त्यसबाट पर्न गएको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधीमा पाकेको ब्याजको १० प्रतिशत छुट दिएकोमा असार १ गतेदेखि २ प्रतिशत ब्याज घटाउने निर्णय गरेको छ । वचत र कर्जामा बढीमा २ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ को प्रावधान अनुसार मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रसंगको सहकार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आव्हान गर्ने, ७ सय ५३ वटै स्थानीय तहहरुलाई बजेट निर्माणका क्रममा राष्ट्रिय सहकारी बैंक सहित सहकारी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्नका लागि सुझाव दिने निर्णय बैठकले गरेको छ ।
बैंकका सञ्चालक तथा प्रदेश नं. १ का संयोजक महेन्द्र गिरीका पिता बम बहादुर गिरीको २०७७ जेठ २४ गते भएको निधनप्रति दुख व्यक्त गर्दै वैठकले मृतकप्रति श्रद्धाञ्जली परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार