शिवजी सापकोटाको दोस्रो कृति ‘सहकारीको नतिजामुखी नेतृत्व’ प्रकाशित
काठमाडौं, २७ जेठ
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको दोस्रो कृति ‘सहकारीको नतिजामुखी नेतृत्व’ प्रकाशित भएको छ ।
यो पुस्तक सहकारी संघ/संस्थाका सञ्चालक समिति र लेखासुपरीवेक्षण समितिका लागि अति उपयोगी हुने अपेक्षा लेखक सापकोटाले गर्नभएको छ । पुस्तक यही जेठ १० गतेदेखि बजारमा आएको हो । सापकोटाको पहिलो कृति ‘सहकारीको नतिजामुखी व्यवस्थापन’ गत वर्ष (२०७६) मा प्रकाशित भएको थियो ।
पुस्तक सहकारी सञ्चालनको परिकल्पना र नीतिगत पक्षलाई लक्षित गरिएको छ । सहकारी क्षेत्रका सञ्चालक समिति र विशेष गरी नेतृत्व वर्गलाई लक्षित गरी सन्दर्भहरु र विधिहरु यस पुस्तकमा समावेश भएका छन् । २२ वर्षे सहकारी यात्रा (कार्यगत अनुभव) लाई समेटी कुशल नेतृत्व निर्माणका लागि र समग्र सहकारी सञ्चानका लागि मार्गदर्शक प्रकाशन रहने अपेक्षा लेखक सापकोटाले गर्नुभएको छ ।
यस पुस्तकलाई आम सहकारीकर्मीहरुले अध्ययन गरी सहकारी क्षेत्रको बुझाई अभिवृद्धि गर्न सकेमा नेपालमा नीति, विधि र प्रविधिको बाटोमा लम्केको सहकारी अभियानले थप नयाँ उचाई कायम गर्ने सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले प्रतिक्रिया दिनुभएको छ ।
लेखक सापकोटोले पुस्तकमा सञ्चालक समितिको भूमिका, सञ्चालक समितिको जवाफदेहीता, समितिको बैठक, रणनीतिक योजना, सफलताको योजना, सामाजिक प्रभावकारीता व्यवस्थापन, नीति निमार्ण प्रकृया, लेखासुपरीवेक्षण समितिका विषय उठान गरेका गर्नुभएको छ । त्यस्तै नेपालमा सहकारीका चुनौतीहरु, जोखिम न्यूनिकरणका लागि स्थिरीकरण कोषको विश्वव्यापी अवधारण, ऋण लगानी व्यवस्थापन, गुणस्तर सुनिश्चितता र प्रतिक व्यवस्थापन, एकीकरणको महत्व, सदस्य शिक्षा लगायतका विषय उठान गर्नुभएको छ ।
यस पुस्तक लेखकलाई सम्पर्क गरेर, नेफ्स्कूनका केन्द्रिय कार्यालय वा फिल्ड अफिसमा सम्पर्क गरेर खरिद गर्न सकिनेछ । पुस्तकको मुल्य ५ सय रहेको छ । यस्तै पहिलो कृति पनि सोही स्थानबाट खरिद गर्न सकिने जनाईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार