सहकारी क्षेत्रमा युवालाई अवसर न्यून
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले सहकारीमा र युवा विषयक भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघकी (आइसीए) की ग्लोवल बोर्ड डाइरेक्टर ओमदेवी मल्ल, आइसीए युथ नेटवर्क अमेरिका, एसिया र नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाई वक्ताको रुपमा रहनु भएको थियो । कार्यक्रमको सहजिकरण सहकारी पत्रकार समाजकी कोषाध्यक्ष शर्मिला ठकुरीले गनुभएको थियो भने स्वागत मन्तव्य समाजका अध्यक्ष खिलानाथ दाहालले राख्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरुको विचार
ओमदेवी मल्ल
ग्लोवल बोर्ड सदस्य, आइसीए
धेरैजसो देशहरुको समस्या एकै खालको पाएँ । सबै देशमा भविष्यमा गरिने कामहरुको योजना बनाउने कुरामा पनि समस्या भएको पाएँ । आइसीएले सन् २००३ मा युवाहरुको नेटवर्क गठन गरेको हो ताकी उनीहरुले पनि आफ्ना कुराहरु आइसीएमा निर्धकका साथ राख्न सकुन् । साथै उनीहरु भविष्यका सहकारीका नेता बन्न सकुन् ।
अर्को कुरा युवाहरुले न्यायको लागि, वातावरणको सुरक्षा र दन्डहिनताको अन्त्य गर्नका लागि आवाज उठाउन सक्छन् । आइसीएको युवा नेटवर्कले गत अक्टुवरमा भएको आइसीएको बार्षिक साधारणसभामा ४ वटा रेजुलेसन पास गरेको थियो । युवाहरुको क्षेत्रिय कमिटिलाई बलियो बनाउने र उनीहरुको भोट दिन पाउने अधिकार सहितको क्षेत्रीय आइसिए बोर्डमा सहभागिता गराउने, युथ एक्सन प्लानलाई विभिन्न ठाउँमा परिचित गराउने, युवाहरुलाई आइसीएको कार्यक्रममा सहभागी गराउनका लागि सहयोग स्वरुप बजेट विनियोजन गर्ने र ग्लोवल युथ नेटर्वकलाई विस्तार गर्नको लागि विभिन्न प्रकारका सहज विधिहरु बनाउने हो ।
नेपालमा पहिलो काम भनेको सहकारीमा युवाहरुको सहभागिता बढाउने हो, अर्को उनीहरुलाई सहकारीको महत्व र सहकारीले कसरी मानिसको सामाजिक, आर्थिक र सांस्कृति रुपान्तरणमा सहयोग पुर्याउँछ भन्ने विषयमा जानकारी दिने हो । त्यस्तै युवाहरुलाई भविष्यमा सहकारीको नेताको रुपमा विकास गर्नु पनि राष्ट्रिय सहकारी महासंघको नीति छ ।
महासंघले पनि सन् २०१३ देखि युवा समिति बनाएर युवाहरुलाई सहकारीमा आवद्ध हुनका लागि घच्घच्याइ रहेको छ । त्यस्तै विभिन्न मन्त्रालयसँग मिलेर सहकारीको बारेमा विद्यालय र कलेज तहमा नै शिक्षा दिन थालेको छ । युवाहरुलाई सहकारीमा आवद्ध गराउनका लागि धेरै समस्याहरु पनि छन् । हामीहरु विभिन्न निकायसँग युवामैत्री नीति र योजनाहरु ल्याउनका लागि वकालत गरिरहेका छौ । हामीले सहकारीको पाठ्यक्रम पनि विकास गरिरहेका छौ । फेरी पनि म मेरोतर्फबाट युवाहरु विकासको लागि आइसिए र नेपालको महासंघमा पनि लविङ गर्दछु ।
बद्रीकुमार गुरागाई
प्रमूख कार्यकारी अधिकृत, राष्ट्रिय सहकारी बैंक
नेपालका युवाहरु सहकारी कसरी चल्छ भन्ने बारे जानकार छैनन् । नेपालका युवाहरुको पहुँच सहकारीमा छैन । उनीहरु कुनैपनि सहकारीको संचालक भएर आउन सक्दैनन् । सहकारीको माध्यमबाट युवाहरुले विजनेश गर्न सक्दैनन् किनकी नेपालमा धितोमा मात्र कर्जा प्रवाह गर्ने चलन छ । युवाहरुसँग धितो हुँदैन । मैले स्टार्टअप विजनेशको लागि युवाहरुसँग काम गर्न खोजे तर सकिन । नेपालमा १६ बर्षभन्दा मुनीका युवाहरु सहकारीमा सदस्यता लिन पाउँदैनन् । जबसम्म उनीहरु सदस्य हुदैनन् तबसम्म सहकारीमा आवद्ध हुन पाउँदैनन् सहकारी ऐनमा नै यस्तो व्यवस्था गरिएको छ ।
नेपालमा सहकारीमा युवाहरुको सहभागित बढाउनका लागि तीनवटा समस्याहरु रहेको छ । पहिलो कानुनी व्यवधान, दोस्रो अशिक्षित समाज, युवा नेतृत्वहरु राजनीतिमा संलग्न हुनु हो । विस्तारै नेपालले युवाहरुको यस विषयमा वकालत गरिरहेको छ । सहकारीको केन्द्रिय संघहरुले पनि उनीहरुको सन्चालक समितिमा युवा कमिटी गठन गरिरहेका छन् । राष्ट्रिय सहकारी बंैकले पनि युवाहरुलाई सहकारीमा संलग्न गराएर शिक्षा दिन लागिरहेको छौं । हामीले योजना बनाएर सञ्चालक समितिबाट पास गरिसकेका छांै । हाम्रो योजना के हो भने नेपाल भरका स्कुल स्तरमा नै अनौपचारिक सहकारी क्लब गठन गर्ने, त्यो क्लबले सहकारी सम्बन्धी निबन्ध लेखन, वादविवाद जस्ता अतिरिक्त क्रियाकलापहरु गर्नेछन् । जसले गर्दा उनीहरु किशोर अवस्थादेखि नै सहकारीसम्बन्धी बुझ्न सक्छन् ।
ति क्लबहरुको वित्तिय व्यवस्थापनको जिम्वेवारी स्थानीय सहकारीलाई दिने योजनाका साथ हामी अगाडी बढीरहेका छौं । यो काम यसै आर्थिक बर्षदेखि सुरु हुन्थ्यो तर कोरोनाको कारण सम्भव भएन । यस्तै हामीले युवालाई अनिवार्य रुपमा संचालक समितिमा ल्याउने र युवाहरुको नेशनल फेडेरेसन पनि बनाउने गरी काम गरिरहेका छौं । क्लबहरुबाट छानिएर आएका युवाहरुलाई हामीले राष्ट्रिय च्यापियन बनाउने छौं, जसले युवा र सहकारीलाई एकीकृत गरेर अगाडी लैजानको लागि नीतिगत तहमा वकालत गर्न सक्छ । एक बर्षमा दुई हजार जति युवा नेताहरु यो तवरबाट जन्माउने सोंचमा छौं ।
यदी स्थानीय रुपमा नै सहकारीको बारेमा युवाहरुमा जानकारी हुँदैन भने ग्लोबल रुपमा कसरी अगाडी बढ्न सक्छन् ? हामीले बनाएको योजनाले सहकारी अभियानबाट विस्तारै सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणमा ठूलो मद्दत पुग्नेछ ।
एन्जेलिका सोवरेन्स
प्रेसिडेन्ट, आइसीए युथ नेटवर्क अमेरिका क्षेत्र
मेक्सिकोमा पनि युवाहरुले संचालन गरेको सहकारीहरु छैनन् त्यसैले युवाहरुलाई सहकारीमा लाग्न प्रेरित गर्नुपर्छ । मेक्सिकोमा सहकारीका समाचारहरु मुलधारका मिडियाले स्थान दिदैनन् जसका कारण सर्वसाधरणले सहकारी के हो भन्ने बारे बुझ्न सकिरहेका छैनन् । त्यसैले अमेरिकी युवाहरुलाई सहकारीको बारेमा जनचेतना जगाउनुका साथै सहकारीको बारेमा जानकारी पनि दिनु आवश्यक छ । हामीले सोही गरिरहेका छौं । यदी साँच्चै नै सहकारी अभियानको बारेमा जानकारी पाए भने उनीहरु सहकारीप्रति आकर्षित हुन्छन् ।
तपाईहरुले युरोप र अमेरिकाहरुको सहकारीको मोडल हेर्नुभयो भने यो एक प्रकारको विजनेशको रुपमा अगाडी बढेको देखिएको छ । यदी कुनै युवाले सहकारी खोल्न खोज्यो भने त्यो समाजमा अनौठो मानिन्छ । यसलाई गरिवहरुको विजनेशको रुपमा लिइने गरेका छन् ।
मेक्सिकोमा सरकार सहकारीलाई महत्व दिन चाँहदैन । युवा पुस्ताहरु जब उनीहरु पढाइ सक्छन् तब सहकारी भन्दा बाहिर गएर पैसा कमाउन चाहन्छन् । हामीले युवाहरुको मनस्थिति बदल्नु जरुरी छ । पहिले सहकारीकर्मी जन्माउनुपर्छ अनिमात्र सहकारी संस्था जन्माउनुपर्छ । हामीले युवाहरुको मनस्थितिसँग काम गर्नु जरुरी छ । यहाँका जनताहरु पनि शिक्षित छैनन् त्यो हाम्रो समस्या हो । आइसिए अन्तर्गतको अमेरिका युथ कमिटीको प्रेसिडेन्ट भएको नाताले के भन्छु भने हामी पुल हौं, केही वर्षअघि अमेरिकी नेटवर्कमा युथ पोलिसीको विकास गरेका थियौं । त्यो पोलिसीमा सबैले हस्ताक्षर गरेका थिए र, त्यो पोलिसीले सहकारीका बोर्ड मेन्मरमा युवाहरुलाई ल्याउनका लागि हाम्रो लागि ठूलो काम गर्यो ।
असान अलि ठाकुर
अध्यक्ष, आइसीए युथ नेटवर्क एसिया क्षेत्र
धेरै एसियनहरुले अंग्रेजी भाषा बुझ्न सक्दैनन् । एसियन क्षेत्रमा सहकारीको बारेमा जनताविच उपयुक्त सन्चार गर्नका लागि भाषा नै पहिलो बाधा हो । त्यसैले हामीले पहिले स्थानीय भाषामा नै जनतालाई सहकारी अभियान के हो र कसरी अगाडी बढाउन सकिन्छ भनेर युवाहरुलाई बुझाउनु पर्छ ।
जबसम्म मानिसहरु सहकारीको बारेमा जानकारी राख्दैनन् तबसम्म उनीहरुलाई सहकारी शिक्षाको आवश्यकता हुँदैन । जनचेतना पहिलो प्राथमिकता हो त्यसपछि शिक्षा र संचार आउँछ । हामीले आइसीएसँग जहिले पनि युवाहरुको आवाजलाई स्थान दिनुपर्ने र युवाहरुलाई आफैले निर्णय गर्नसक्ने क्षमताको विस्तार गर्नुपर्ने कुराहरुमा आवाज उठाउँदै आएका छांै । त्यस्तै हामीले पनि एसिया प्यासिफिकको बोर्ड कमिटिमा भोट दिन पाउनुपर्छ भनेका छौं । सहकारी डेमोक्रेसिमा विश्वास गर्ने संस्था हो । त्यसैले सबैले आफ्नो भोट दिन पाउनुपर्छ । तर हामीलाई छोडिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार