बिन्धवासिनी साकोसले १० प्रतिशत ब्याजदरमै कर्जा प्रवाह गर्ने
काभ्रे, २५ जेठ
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ५ करोड सहुलियत ऋण लगानी गर्ने भएको छ ।
संस्थाले सहुलियत ऋण लगानी गर्न कोरोना (कोभिड–१९) सहुलियत ऋण कोष स्थापना गरिसकेको संस्थाका प्रमुख ब्यवस्थापक केबी लामाले जानकारी दिनुभयो।
सदस्यहरुलाई अति आवश्यक सामाग्री खरिद गर्न, स्वास्थ्य उपचार गर्न, साना मझौला ब्यवसाय सुरु गर्न बिना धितो ऋण प्रदान गर्न लागेको उहाँले बताउनुभयो । संस्थाले सदस्यहरुलाई ६ महिनाको लागि १० प्रतिशत ब्याजदरमा २५ हजारसम्म लगानी गर्ने छ । यस अघि सदस्यहरुले लिएको ऋणको ब्याज बैशाख मसान्तसम्म चुक्ता गरेकालाई १५ प्रतिशत छुट दिएको र आगामी असार मसान्त सम्म लकडाउन भन्दा अगाडीदेखि बाँकीरहेको ऋणको सम्पूर्ण ब्याज चुक्ता गरेमा १० प्रतिशत ब्याज तथा सम्पूर्ण हजार्ना समेत छुट दिने निर्णय लामाले जानकारी दिनुभयो ।
संस्थाले सम्पूर्ण कर्मचारी, संचालक समिति तथा उपसमितिहरुको कोरोना बीमा गरिदिएको छ । सदस्यहरुको पनि बीमा गरिदिने क्रममा रहेको जनाएको छ । संस्थाको मुख्य कार्यलयसहित सातैवटा सेवा केन्द्रहरु नियमित रुपमा संचालन भएको र सदस्यहरुले गरेको नियमत कारोबारका कारण ऋण लगानी भन्दा निक्षेपको वृद्धि भएको, दैनिक २० लाख सम्म ब्याज संकलन भएको उहाँले जानकारी दिनुभयो। जिल्लामा प्रशासनले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार मात्र संस्था खोल्न अनुमती दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार