सहकारी अभियानको तर्फबाट कोरोना कोषमा २७ लाख सहयोग, कुन सहकारीको कति सहयोग ?
काठमाडौं, २३ जेठ
राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २७ लाख एक हजार ७ सय ६४ रुपैयाँ प्रदान गरेको छ ।
महासंघका अध्यक्ष मिनराज कँडेलले निवर्तमान अध्यक्ष केशव वडाल समेतको उपस्थितिमा आज उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई चेक हस्तान्तरण गर्नुभयो । यसरी महासंघको नेतृत्वमा मात्रै कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि संघिय कोष र कोरोना नियन्त्रण सहकारी केन्द्रमा गरी ५२ लाख बढी सहयोग उपलब्ध भएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय ढंगले सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै सहकारी अभियानले विभिन्न माध्यमबाट कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण कार्यका लागि गरेको विवरण समेत उपलब्ध गराउन आग्रह गर्नुभयो । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समेत कोभिड १९ को महामारीका समयमा सहकारी अभियानले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । त्यस्तै, अर्थमन्त्री डा युवराज खतिवडाले सहकारी अभियानले विपदको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गर्नुभएको थियो । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानले हालसम्म १० करोड बढि सहयोग गरिसकेको बताउनुभएकोे थियो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल र महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
संघीय सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन राष्ट्रिय सहकारी महासंघ र झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५/५ लाख रुपैयाँ प्रदान गरेका थिए । त्यसैगरि झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख, राष्ट्रिय सहकारी महासंघका कर्मचारी परिवारले १ लाख ११ हजार ९ सय ३७ रुपैयाँ, नवलपरासीको किसान साकोसले १ लाख ३ हजार, झापाको मेची सहकारी संस्थाले १ लाख १ हजार १ सय ११, काभ्रेको विन्धबासिनी साकोसले १ लाख १ हजार १ सय ११, झापा र कास्कीका जिल्ला सहकारी संघहरुले जनही १ लाख १ हजार प्रदान गरेका थिए । कैलालीको नवजिवन सहकारी संस्थाले १ लाख १ हजार प्रदान गरेको छ ।
त्यसैगरी, राष्ट्रिय सहकारी महासंघको संचालक समितिले ६९ हजार, काभ्रेको सामुदायिक साकोसले ६१ हजार, काठमाडौंको कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ५५ हजार ५ सय ५५ सहयोग गरेका छन् । मोरङको जिल्ला सहकारी संघले ५२ हजार ५ सय, झापाको हाम्रो नेपाल साकोस र कन्चनजंघा बहुउद्देश्यीय सहकारी र दोलखाको मिलिजुली कालिन्चोक साकोसले समान अंकमा ५१ हजार प्रदान गरे । काठमाडौंको सुयोग्य साकोसले ५० हजार ५ सय ५५, धादिङको जनकल्याण साकोस र काठमाडौंको मनिप्लान्ट साकोसले ५०/५० हजार प्रदान गरे ।
ललितपुरको मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाले ४० हजार, काठमाडौंको मेगा ड्रिम बहुउद्देश्यीय सहकारीले २७ हजार ७ सय ७७ रुपैयाँ, दोलखाको जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार १ सय ५ रुपैयाँ, जिल्ला सहकारी संघ लि दोलखाले २५ हजार प्रदान गरे भने बाराको साना किसान कृषि सहकारी संस्थाले २५ हजार, भक्तपुरको श्री सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाले २० हजार, ललितपुरको माता विन्द्यबासिनी साकोसले ११ हजार १ सय ११ र पर्साको जिल्ला बचत तथा ऋण सहकारी संघले ११ हजार रुपैयाँ संघीय कोषमा जाने गरी सहयोग गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो ।
साथै, गत २०७६ चैत २० गते सहकारी अभियानकोतर्फबाट मनमोहन मेमोरियल अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गर्नका लागि महासंघले १० लाख, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले ५ लाख, नेपाल कृषि सहकारी केन्द्रीय संघले ५ लाख गरेको थियो ।
त्यसैगरी सो केन्द्रका लागि चन्द्रागिरी सोकोस काठमाडौंले ५० हजार, शुभलक्ष्मी सहकारी संसथाल झापाले ५२ हजार ५ सय, हाम्रो सगरमाथा बहुउद्देश्यी सहकारी संस्थाले ५५ हजार ५ सय ५५, काठमाडौंको मेगा ड्रिम बहुउद्देश्यीय सहकारीले २७ हजार ७ सय ७८, रिलायवल बचत तथा ऋण सहकारी संस्था, शंखमुललले २५ हजार ५ सय, अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले २० हजार १ सय ११, ललितपुरको उद्धार साकोसले २० हजार रुपैयाँ प्रदान गरेको छ । यसरीसहकारी संघ/संस्थाबाट केन्द्रका लागि ५ लाख उपलब्ध गराइएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार