संगम साकोसद्वारा १० प्रतिशत व्याज छुट, सदस्य र कर्मचारीको कोरोना बिमा
नुवाकोट, २२ जेठ
विदुर–४ वट्टार स्थित संगम वचत तथा ऋण सहकारी संस्थाले ऋण लिएका सदस्यहरुलाई सुविधा दिने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९ं)को संक्रमण महामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाई यस्तो सुविधा दिने भएको हो । संस्थाले ऋण कारोबार गरिरहेका सदस्यहरुलाई लकडाउन अवधिभर र लकडाउन अन्त्य भएको एक महिना सम्ममा बाँकी ऋण रकममा कुनै हर्जना नलाग्ने जनाएको छ । त्यस्तै संस्थाबाट ऋण कारोबार गरिरहेका सदस्हरुलाई लकडाउन अवधि भित्र वा लकडाउन खुलेको २१ दिन भित्र ऋणको किस्ता बुझाउने सदस्यहरुलाई एकमुष्ठ बुझाएमा तिर्नुपर्ने ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्यहरुले लिएको ऋणको सावाँ र ब्याजको किस्ता समयमा पुरै भुक्तान गर्न नसकी असार मसान्त भित्रमा सम्पूर्ण ब्याज भुक्तानी गरेमा नविकरण शुल्क नबुझाई (निःशुल्क) ६ महिना अवधि थप गर्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस भन्ने उद्देश्यले सुविधा दिएको संस्थाका व्यवस्थापक अजयकुमार थापाले बताउनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विदुर नगरपालिकाको दैविक विपत विशेष राहत कोषमा ५५ हजार ५ सय,५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक नगर प्रमुख सञ्जु पण्डितलाई हस्तान्तरण गरिएको हो ।
यसैगरी संस्थाले आफ्ना शेयर सदस्यहरु र संस्थामा कार्यरत कर्मचारीहरुको स्वास्थ्य हितको लागि प्रति व्यक्ति १ लाखको बीमा समेत गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार