चाइना ट्रेडद्वारा १० प्रतिशत ब्याज छुट, कर्मचारीको कोरोना बिमा
काठमाडौं, २२ जेठ
महामौद्ध स्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ब्याज छुट दिने निर्णय गरेको छ । संस्थाले ५ देखि १० प्रतिशतसम्म ब्याज रकममा छुट दिन सुरु गरेको छ ।
लकडाउनका कारण व्यवसाय ठप्प रहेको अवस्थामा संस्थाले सदस्यलाई राहत स्वरुप ब्याज रकममा छुट दिने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै संस्थाले कर्मचारीहरुको पनि कोरोना बिमा गरिदिएको छ ।
संस्थाले उच्च सर्तकता अपनाई दैनिक सेवा प्रवाह गरिरहेको छ । बिहान १० बजेदेखि २ बजेसम्म कार्यालय खोली सेवा प्रवाह गरेको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै मोबाईल बैंकिङ सेवालाई उच्च प्राथमिकता दिएर आफ्नो सेवालाई निरन्तरता दिएको छ । मोबाईल बैंकिङ सेवा नलिएका सदस्यको हकमा घरमै बसेर सेवा लिन सकिने व्यवस्था संस्थाले मिलाएको छ । सामान्य प्रक्रिया पुर्याएर मोबाईल बैंकिङ सेवा लिन सकिने संस्थाले जनाएको छ । लकडाउनको समयमा मोबाईल बैंकिङ प्रयोग गर्ने सदस्यको संख्या बढेको संस्थाले जनाएको छ ।
संस्थाको मोबाईल बैंकिङ सेवा प्रयोग गरी सदस्यले रिर्जाज, खानेपानी तथा विजुलीको बिल, रकम ट्रान्सफर लगायत धेरै सुविधा घरबाटै लिन सक्दछन् । संस्थाले सरकारले तोकेको ब्याजदरभन्दा पनि सस्तोमा संस्थाले कर्जा प्रवाह गर्दै आएको छ । संस्थाबाट १४ प्रतिशत व्याजदरमै समेत कर्जा प्रवाह हुँदै आएको छ ।
यस संस्था एशियाली ऋण महासंघ (अक्कु)को सहयोगी सदस्यता हो । त्यस्तै आईएसओ सर्टिफाइडको समेत प्रक्रियामा यस संस्था रहेको छ । त्यस्तै राष्ट्रिय सहकारी बैंकले सुरु गरेको स्तरीकरण कार्यक्रममा समेत यस संस्थाको सहभागिता रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार