बहुउद्देश्यीय केन्द्रीय संघ बनायो तरलता व्यवस्थापन कार्यविधि
ललितपुर, २१ जेठ
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले सदस्य सहकारी संघ/संस्थाका लागि तरलता व्वस्थापन कोष संचालन कार्यबिधि बनाएको छ ।
केन्द्रीय संघले सदस्य सहकारी संघ/संस्थामा तरलता अभावको कारण समस्या पर्न नदिन र वित्तीय जोखिम न्युनीकरण गर्न ‘तरलता ब्यवस्थापन कोष संचालन कार्यबिधि ०७७’ बनाएको हो ।
कार्यबिधिमा संघको सदस्यताप्राप्त सहकारी संघसंस्थाबाट कोषको खातामा न्युनतम् ५ लाख रहनु पर्ने ब्यवस्था गरेको छ । त्यसैगरी खाताको अबधि एक वर्षको हुने जनाएको छ । कोषबाट सदस्य संघसंस्थाको तरलता ब्यवस्थापनकालागि ६ महिनाकालागि मात्र कर्जा प्रदान गर्ने कार्यबिधिमा उल्लेख गरिएको छ ।
सदस्य संघसंस्थाको कोषमा जम्मा भएको रकमको २० प्रतिशत कर्जा ११ दशमलब ५ प्रतिशत देखि १२ प्रतिशतमा लगानी गर्ने, १ प्रतिशत ब्यवस्थापन शुल्क लाग्ने, शेयर खरिद गर्नुपर्नेलगायतका शर्त तोकिएको छ । कोषमा बचत गर्ने सदस्य संघसंस्थाले त्रैमासिक रुपमा ९ दशमलब ५ प्रतिशत ब्याज पाउने कार्यबिधिमा उल्लेख गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार