१८ वैशाख २०८३, शुक्रबार

सदस्यलाई ब्याज छुट, हर्जना नलिन र कर्जाको म्याद थप गर्ने नीति बनाउन महासंघको सुझाव

२०७७ जेठ १९, सोमबार
सदस्यलाई ब्याज छुट, हर्जना नलिन र कर्जाको म्याद थप गर्ने नीति बनाउन महासंघको सुझाव

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीको पैसा सहकारीकै सञ्जालमा राख्न आह्वान गर्नुभएको छ ।

उहाँले राष्ट्रिय सहकारी महासंघ बाग्मती प्रदेशमा रहेका सदस्य संघसँग कोरोनाको असर र भावी नीति तथा कार्यक्रमका बोल्नुहुँदै सबै सहकारीको पैसा अभियानमै राख्दा सहकारीमा आउने चुनौती सामना गर्न सहज हुने बताउनुभयो । यसले धेरै हदसम्म तरलता व्यवस्थापनमा भरथेग हुने उहाँको भनाई थियो।

‘कतिपय संस्थाहरुमा बचत फिर्ताभन्दा पनि डिपोडिट वृद्धि भएको खबर पनि हामीले पाएका छौं । त्यसैले अभियानको पैसा अभियानमा नै राख्न सकेको खण्डमा यसले महत्वपूर्ण योगदान पुग्छ,’ उहाँले भन्नुभयो ।

सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, विषयगत जिल्लास्तरीय सहकारी संघ, जिल्ला सहकारी संघमा बचत तथा ऋणको कारोबार गर्न सुझाव दिनुभयो।

महासंघका अध्यक्ष कँडेलले सहकारीलाई लकडाउनका अवधिभरको हर्जना नलिन, ऋणको किस्ताको लागि म्याद थप गर्न, ब्याज छुट दिनका लागि आवश्यक नीतिको अवलम्बन गर्न समेत आब्हान गर्नुभएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीले लकडाउनको समयमा राम्रो सेवा दिएका कारण राम्रो सन्देश गएको र सहकारीका कारण मुल्य नियन्त्रण रहेको बताउनुभयो ।

अध्यक्ष कँडेलको नेतृत्वमा बाग्मती प्रदेशमा भने भौतिक रुपमा नै पुगेर सो सुझाव प्रदेश सरकारलाई बुझाएको थियो । महासंघले सो छलफलमा स्थानीय तहमा सहकारीको विषयमा लविङ गर्नका लागि जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला सहकारी संघहरुलाई आग्रह गरेको छ ।

‘विगतमा स्थानीय सरकारको सहकारीको विषयमा प्रयाप्त ध्यान गएन भन्ने गुनासो आएका छन् । यसका लागि जिल्ला संघहरुको नेतृत्वमा स्थानीय सरकारसँग लविङ गर्नका लागि समेत निर्देशन दिएका छौं,’ महासंघका अध्यक्ष कँडेलले भन्नुभयो ।

अभिलेख

लोकप्रिय