हाम्रो एकिकृत साकोसद्वारा मोबाईल बैंकिङ सेवा शुभारम्भ
काठमाडौं, १९ जेठ
स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकिकृत बचत तथा ऋण सहकारी संस्था (हाम्रो एकिकृत साकोस) ले मोबाईल बैकिङ सेवा सुरु गरेको छ ।
सोमबार एक कार्यक्रमको बीच संस्थाले औपचारिक रुपमा मोबाईल बैंकिङ सेवा शुभारम्भ गरेको हो । साथै संस्थाले क्युआर कोड भुक्तानी सेवा पनि सुरु गरेको छ । संस्थाले नेफ्स्कूनले विकास गरेको नेकोस प्लस सफ्टवेयर प्रयोग गर्दै आएको छ ।
संस्थाका सदस्यले डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, फन्ड ट्रान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी अनलाईनबाट लिन सक्नेछन् । त्यसै विभिन्न बैंक खातामा पैसा पठाउन, डिजिटल वालेटमा पैसा लोड सिधै गर्न सकिनेछ । त्यस्तै मोबाइलमा रिचार्ज गर्न, टिभि, बिजुलि, इन्टरनेट, हवाई टिकट, खानेपानी तथा ल्याण्डलाइनको बिल भुक्तानी पनि अनलाईनबाटै गर्न सक्नेछ ।
संस्थाले काठमाडौं जिल्लालाई कार्यक्षेत्र बनाई पाँच वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा ७ हजा ८ सय जना सदस्य आवद्ध भएका छन् । उक्त सदस्य मध्ये ६० प्रतिशत सदस्यले मोबाईल बैकिङ प्रयोग गर्न सक्ने अध्ययनले देखाएको संस्थाका व्यवस्थापक योगेन्द्र साउदले जानकारी दिनुभयो ।

शुभारम्भ कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंल, संस्थाका अध्यक्ष तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु, नेफ्स्कूनका लेखा समितिका संयोदक नवराज रापकोटा, कास्कूनका उपाध्यक्ष तथा संस्थाका सचिव नवराज अर्याल, गजुरी गाउँपालिकाकी उपाध्यक्ष सिता ढुंगाना लगाययको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार