सुनौलो साकोसका सम्पूर्ण कर्मचारीको कोरोना बिमा, सदस्यलाई विशेष छुट प्याकेज
पोखरा, १५ जेठ
पोखरा महानगरपालिका–६ बैदाम स्थित सुनौलो बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण कर्मचारी को कोरोना बिमा गराएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेकाले सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा गरिएको संस्थाका व्यवस्थापक गिरिधारी ढकालले जानकारी दिनुभयो ।
संस्थाले लकडाउनको सुरुवात देखि नै हप्तामा २ देखि ३ दिनसम्म सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले सदस्यलाई राहत होस भन्ने उद्देश्यले ऋणको ब्याजदर घटाउने निर्णय सहकारीहरुमै पहिलोपटक गरेको थियो । ऋणको प्रकृति हेरी १४ देखि १६ प्रतिशतसम्म ब्याज लिने गरिएकोमा अब १२ देखि १४ प्रतिशतसम्म व्याज लिइने निर्णय संस्थाले गरेको थियो ।
पुराना प्रदान गरिएको ऋण र नयाँ ऋण दुबैमा लागु हुने गरी ब्याजदर घटाउने निर्णय गरिएको ढकालले बताउनुभयो । यस संस्थामा १ हजार ३ सय सदस्य आवद्ध छन् । सहकारीले १७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले पोखरा माहानगर कोभिड कोषमा १५ हजार ५ सय ५५ रुपैयाँ समेत सहयोग गरेको छ । लकडाउन अवधिभर कर्जामा कुनै विलम्ब शुल्क नलाग्ने समेत संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार