अर्थतन्त्र थप जटिलता तर्फ

माधव प्रसाद पौडेल
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस वर्ष २.३ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने प्रक्षेपण गर्नु भएको छ । गत चैत्र महिनादेखि मुलुक कोरोना संक्रमणसँग जुधिरहेकोले आर्थिक गतिविधि ठप्प प्राय भएको अवस्थामा उच्च अंकको आर्थिक बृद्धि प्राप्त गर्न नसकिने उहाँको विश्लेषण छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । बजेटको मध्यावधि समिक्षमा पनि सरकारले लक्ष्यको हाराहारीमै आर्थिक बृद्धि प्राप्त हुने दाबी रहेको थियो तर अवस्था प्रतिकुल हुन पुगेको छ ।
नेपालको कुल ग्राहस्थ योगदानमा विप्रेषणको हिस्सा उल्लेख्य रहेको हाम्रो अर्थतन्त्रमा कोरोनाको सन्त्रास र बन्दान्दीका कारण ठुलो समस्या सुजना हुने अवस्था देखा पर्दैछ । पछिल्लो अवस्था हेर्ने हो भने विप्रेषण आप्रवाहमा कैफियतपुर्ण गिरावट आएको छ । हालै मात्र सरकारको प्रमुख वित्तीय सल्लाहकार नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बेैंकले चालु आ.ब.को आफ्नो मौद्रीक नीतिको समिक्षा गरेको छ । यसैको पृष्ठभुमिमा २०७६ चैत्र महिनादेखि २०७७ बैशाख महिना सम्मको अवधिमा करिब साढे ७५ अर्ब विप्रेषण आप्रबाह भएको अनुमान गरिएको छ । यसरी हेर्दा यस प्रकारको विप्रेषण गत वर्षको उल्लेखित अवधिमा करिब १४४ अर्ब आप्रबाह भएको थियो । यसैगरी अर्कोतर्फ गत फाल्गुण महिनामा करिब ५ अर्ब १० करोड पर्यटन आय प्राप्त भएकोमा चैत्र महिनामा यो रकममा उल्लेख्य कमी भई करिब १ अर्ब ६० करोड मात्र प्राप्त भएको छ । यसले आप्रबाहको अवस्था जटिल हुँदै गएको दरिलो संकेत देखिन्छ ।
विगतको अवस्थालाई हेर्ने हो भने मासिक रुपमा ७५ अर्ब भन्दाबढी विप्रेषण आप्रबाह हुने गरेकोमा चैत्र महिनामा करिब ३४ अर्ब ४८ करोड रुपैयाँ भित्रिएको छ जुन आधा कम भएको देखिन्छ । बैशाख महिनामा यो दर अझै घटेर गएको छ । समाजमा आर्थिक रुपान्तरण र वित्तीय अभ्यास तथा स्वास्थ्य, शिक्षा, आवास र गरिबी न्यूनीकरणको लागि दीगो र दरिलो आधार स्तम्भको रुपमा विप्रेषणलाई लिईन्छ । विदेशी मुद्राको प्रमुख स्रोत यतिबेला विप्रेषण मात्र बन्न पुगेको छ किनकी पर्यटन तथा निर्यात जस्ता क्षेत्रमा उल्लेख्य सुधारको आशा गरिएता पनि अपेक्षाकृत विकास र विस्तार हुन नसक्दा यस्तो अवस्था सुजना भएको हो ।
नेपालमा प्राप्त हुने विप्रेषणको उपयोग पुँजि निर्माणमा भन्दा पनि अधिकतम मात्रामा अनुत्पादक क्षेत्रमा खर्च भएको देखिएतापनि समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान राख्न मद्दत पुगेको छ । हाल आएर मानव सभ्यताको ईतिहासमा नै प्रत्यक्ष असर गरिरहेको विश्वव्यापी माहामारी कोरोना भाईरसका कारण विप्रेषणबाट अर्थतन्त्र चलायमान रहेको हाम्रो जस्तो देशका लागि भने प्रत्यक्ष असर पर्ने देखन्छ ।
महामारीका कारण धेरैनै रोजगारी सृजन गरेका ठुला उद्योग तथा कलकारखानाहरु बन्द गर्नु पर्ने अवस्थाले त्यहाँ कार्यरत नेपाली कामदारको रोजगारीमा प्रत्यक्ष प्रभावका कारण आम्दानी कम हुने र परिणाम स्वरुप विप्रेषण आप्रबाहमा गिरावट आउन सक्ने देखिन्छ । यति मात्र होईन माहामारीको त्रासका कारण देश बाहिर रोजगारीमा जानेको संख्या पनि कम हुन सक्ने भएकाले यस क्षेत्रमा व्यापक प्रभाव पर्ने सुनिश्चित नै छ । यस आ.ब. २०७६/७७ मा विप्रेषण आप्रबाह करिब पौने २ खर्बले घट्न सक्ने अनुमान यस अघिनै केन्द्रिय तथ्यांक विभागले गरि सकेको छ । यसरी विप्रेषणको आप्रबाहमा कमी आउने हो भने नेपालको अर्थतन्त्र थप जटिलतातर्फ धकेलिने देखिन्छ ।
नेपालको अर्थ व्यवस्थामा महत्वपुर्ण स्थान ओगटेको विप्रेषण यस अवधिमा करिब ५० प्रतिशतले घटेको देखिन्छ यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने लक्षण देखाउँछ । देश बाहिर रहेर काम गर्ने अधिकांश नेपाली श्रमीकहरुले कार्य गर्ने उद्योग तथा व्यापार व्यवसाय संचालनमा नआउँदा यो अवस्था सृजना भएको हो । बैशाख पछिका महिनामा यो अवस्था अझ बढ्न सक्ने आंकलन गरिँदै छ ।
चैत्र महिनाको पहिलो साताबाट धेरै देशहरुमा बन्दान्दीको घोषणा गरियो जसका कारण नेपालीहरु बेरोजगार हुनु परेको, काममा जान नपाएको तथा विदेश जान तयारी अवस्थामा रहेका समेत जान नपाएका प्रमुख कारणहरु हुन् । बन्दान्दीको अवस्था समाप्त भएपछि कतिपय देशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहीनीहरु आफ्नै देश नेपाल फर्कने अनुमान गरिएको छ । जसका कारण पनि विप्रेषण आप्रबाहमा थप असर पर्ने देखिएको छ । चालु आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा करिब २० प्रतिशतले घट्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ । यस अघि केन्द्रिय तथ्यांक विभागले विप्रेषण करिब १९ प्रतिशतले र विश्व बैंकले करिब १५ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए । यस प्रकारका प्रक्षेपणहरु बन्दान्दीको समयावधि लम्बिएसँगै परिवर्तन हुँदै जाने देखिएको छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा करिब ८ खर्ब ८० अर्ब रुपयाँ विप्रेषण देश भित्रिएको थियो । आउँदो समयमा छिमेकी राष्ट्र भारतबाट हुने विप्रेषण आप्रवाहमा र अन्य परोक्ष रकमपनि कम भएर जाने देखिन्छ । यसोत भारतमा रोजगारीका लागि जाने नेपालीले आफु फर्किदा नगनै लिएर आउने र अनौपचारिक माध्यमबाट पनि पठाउने गरेकाले आधिकारीक माध्यामभन्दा बाहिरबाट पनि हाराहारीमा रकम भित्रिने गरेको छ । जसको यकिन विवरण नेपाल राष्ट्र बैंकसँग पनि छैन । नेपाल आयातमुखि अर्थतन्त्र भएको मुलुक हो जसकाकारण विप्रेषणको अतिनै योगदान रहन्छ ।
(लेखक विकू बचत तथा ऋण सहकारी सस्था लि., गैडाकोट, नवलपुरका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार