धनवर्षा सहकारीद्वारा सम्पूर्ण सदस्यको कोरोना बिमा र ब्याज छुट
बुटवल, १३ जेठ
रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ मैनानगरमा रहेको धन वर्षा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई व्याज छुट दिनुका साथै कोराना बिमा गराएको छ ।
सहकारीले आफ्ना सबै शेयर सदस्यहरुका लागि कोरोना बिमा गराईसकेको छ । विश्भर फैलिएको कोरोना भाइरसका कारण नेपालमा लगातार भएको लकडाउनका कारण मारमा परेका आफ्ना शेयर सदस्यहरुका लागि सहकारीले व्याज सहुलियत तथा छुटको कार्यक्रम समेत ल्याएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले ऋणी शेयर सदस्यहरुका लागि १० देखि १२ प्रतिशत व्याज छुट गरिएको सहकारीका कोषाध्यक्ष खेमराज आचार्यले जानकारी दिनुभयो ।
सदस्य र समूदायको हितमा काम गर्दै आएको धन वर्षा बचत तथा ऋण सहकारी संस्थाले गत चैत्र १ गतेदेखि आगमी असार मसन्ता सम्मको व्याजमा १० देखि १२ प्रतिशत व्याज छुट दिने कार्यक्रम ल्याएको हो । गत चैत्र २०७६ चैत्र ११ गतेदेखि लकडाउन भएपछि सहकारीमा आवद्व शेयर सदस्यहरु आर्थिक गतिविधिमा संलग्न नभएको अवस्थामा व्याज छुट गरेर सहुलियत दिइएको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार