शिव शिखरको कृषि एम्बुलेन्स सेवा : कृषक दंग, उपभोक्ता खुशी
पोखरा, ११ जेठ
किसानको भलो चिताउने सहकारी ‘शिव शिखर’
लकडाउनको समयमा शिव शिखर कृषि सहकारीका कर्मचारीहरु कृषकको बारीमा हरेक दिन पुग्दछन् । किसानले उत्पादन गरेको तरकारी उचित मुल्यमा सहकारी संस्थाले खरिद गर्दछ । बारीबाट खरिद गरेको तरकारी लिएर सहकारीका कर्मचारी पोखराको चोक चोकमा हरेक दिन पुग्दछन् । कृषकसँग खरिद गरेकै मुल्यमै सहकारीले पोखरेली उपभोक्तालाई बिक्रि गर्ने गर्दछ ।
यसरी हरेक दिन शिव शिखर सहकारीले पोखरेली उपभोक्तालाई हरियो तरकारी कृषककै मुल्यमा र खाद्यान्न सामग्री विक्रि गर्दै आएको छ । संस्थाले गरेको यो कामबाट कृषक र उपभोक्ता दुबै लाभान्वित भएका छन् । कृषकको उत्पादनले उचित बजार पाएको छ भने उपभोक्ताले सुलभ मुल्यमा हरियो तरकारी उपभोग गर्न पाएका छन् । पोखराका गाउँ गाउँमा उत्पादन भएको तरकारी बारीबाटै विक्रि हुँदा कृषि दंग छन् । तोकिएकै मुल्यमा बारीबाटै तरकारी विक्रि हुँदा र पैसा तुरुन्तै पाउँदा उनीहरु दंग छन् ।

यता उपभोक्ताहरु प्नि स्थानीय उत्पादन खान पाउँदा खुशी छन् । लकडाउनको समयमा चोक चोकमा तरकारी पाउँदा र स्थानीय उत्पादन खान पाउँदा उपभोक्ता खुशी देखिएको संस्थाका बजार प्रबन्धक तथा कृषि एम्बुलेन्स सेवाका संयोजक ऋिषिराम पाठक बताउनुहुन्छ ।
पोखरा महानगरपालिसँग सहकार्य गरेर शिव शिखर कृषि सहकारी संस्था, पोखराले ‘कृषि एम्बुलेन्स सेवा’ मार्फत यो जनसेवामुलक कार्य गरिरहेको छ ।
‘कृषकको तरकारी कृषककै मुल्यमा, उद्देश्य नाफा होईन जनसेवाको लागि’ भन्ने उद्देश्यका साथ निरन्तर सेवा प्रवाह सहकारीले गर्दै आएको छ । बैशाख २५ गतेबाट सुरु भएको यो सेवा निरन्तर रहेको उहाँको भनाई छ । आईतबार संस्थाले छोरेपाटन, डेबिजफल्स लगायत वरपरका टोलहरुमा तरकारी तथा खाद्यान्न विक्रि गरेको थियो । बिहान ७ बजेदेखि १२ बजेसम्म दैनिक सेवा प्रदान गर्दै आएको पाठकको भनाई छ । दैनिक ३ सयदेखि ४ सय किलो तरकारी संस्थाले उपभोक्तालाई विक्रि गर्दै आएको छ ।
संस्थाले हरियो तरकारी मात्रै नभएर खाद्यान्न पनि सुलभ मुल्यमा विक्रि गर्दै आएको छ । खाद्यान्न, तरकारी अर्डर गरेको २४ घण्टा भित्रै संस्थाले उपभोक्ताको घरमै पुर्याउँदै आएको छ । सदस्य तथा आम उपभोक्ताहरुलाई संस्थाका उपकार ब्राण्डका खाद्य सामाग्रीहरु पनि घरघरमै पुर्याउँदै आएको छ । यसबाट कालो बजारी हुनबाट रोकेको र उपभोक्तालाई गुणस्तरीय सामग्री उपभोग गर्न पाएका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार