४ वैशाख २०८३, शुक्रबार

नेपालमा हुने तय भएको अकु फोरम स्थगित, अब कहाँ होला ?

२०७७ जेठ ९, शुक्रबार
नेपालमा हुने तय भएको अकु फोरम स्थगित, अब कहाँ होला ?

काठमाडौं, ९ जेठ

नेपालमा हुने तय भएको एशियाली ऋण महासंघ (अकु)को ३९ औं वार्षिक साधारण सभा तथा अकु फोरम–२०२० हाल जारी कोभिड–१९ महामारीका कारण स्थगित गरिएको छ ।

अकुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी. सानरोके (लेनी) ले इमेलमार्फत उक्त जानकारी नेफ्स्कूनलाई गराउनुभएको छ । अकु फोरम–२०२० आगामी सेप्टेम्बर २१ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएकोमा नेपाल लगायत अधिकाशं मुलुकमा विद्यमान कोरोना भाइरसको महामारी र लम्बिदो लकडाउनका कारण रद्द गर्नुपरेको अकुले जनाएको छ ।

उक्त इमेलमा कोरोना भाइरसको सरुवा दर, रोकथामका उपायहरुको प्रभावकारीता र खोपको भ्याक्सिन विकासको सम्भावना आदि कारणले गर्दा अपेक्षा नगरिएको यो महामारी कहिले समाप्त हुने भविष्यवाणी गर्न नसकिने बताइएको छ । सदस्य राष्ट्रहरु हाल लकडाउनमा वा स्वास्थ्य आकस्मिकतामा रहेको उल्लेख गर्दै अकुले लकडाउन खुले पश्चात पनि कडा यात्रा प्रतिबन्धको सम्भावना रहेकोले अकु फोरम हाललाई नेपालमा गर्न सम्भावना नरहेको स्पष्ट पारेको हो ।

अकुले आफ्ना लक्षित सहभागीहरु कम्तिमा पनि आगामी १ वर्षका लागि यात्रा योजना गर्न असमर्थ हुने भएकाले फोरम रद्द गर्नुपरेको उल्लेख गरेको छ ।

वार्षिक साधारण सभाको अनलाईन ब्यबस्थाका सम्बन्धमा भने सदस्यहरुलाई पछि जानकारी गराउने भन्दै अकुले महामारी अन्त्यपछि निकट भविष्यमा नेपालमै फोरम आयोजनाको अवसर अपेक्षा गरेको समेत जनाएको छ ।

अभिलेख

लोकप्रिय