४ वैशाख २०८३, शुक्रबार

मेगा ड्रिमले सुरु गर्यो रियल टाईम बैंक ट्रान्सफर सेवा

२०७७ जेठ ५, सोमबार
मेगा ड्रिमले सुरु गर्यो रियल टाईम बैंक ट्रान्सफर सेवा

काठमाडौं, ५ जेठ

बालाजु माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको लागि थप नयाँ सेवा सुरु गरेको छ ।

लक डाउनको समयमा संस्थाले अन्तर बैंक रकम ट्रान्सफर सेवा सुरु गरेको हो । अब मेगा ड्रिमका सदस्यले आफ्नै खाताबाट नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन सक्छन् ।

संस्थाका सदस्यहरुले आफ्नो खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा विना झण्झट् रियल टाईम रकम ट्रान्सफर गर्न सक्ने संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुले विभिन्न वालेटमा समेत रकम लोड गर्न सक्ने रेग्मीले जानकारी दिनुभयो ।

लकडाउनको समयमा सदस्यहरु घरमै बसेर संस्थाको कारोबार गर्न सक्छन् भने समयको बचतसँगै सुरक्षित कारोबार हुने उहाँको भनाई छ । सदस्यहरुले मेगा ड्रिाम स्मार्ट एपमार्फत यो सेवा लिन सक्छन् ।

स्मार्ट एपमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

मोबाईल बैंकिङ सेवा नलिएका सदस्यहरुले घरबाटै सेवा लिन सकिने व्यवस्था संस्थाले मिलाएको छ । संस्थाले लकडाउनको समयमा घरमै बसेर डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय