शिखर साकोसका कर्मचारीको कोरोना बिमा
बिर्तामोड, २१ बैशाख
शिखर बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडले आफ्ना ३६ जना कर्मचारीको कोरोना बिमा गरिदिएको छ ।
कर्मचारीको जोखिम न्युनिकरणका लागि बिमा गरिएको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले जानकारी दिनुभयो । नेपाल सरकारले कोरोनाको महामारी फैलिए सँगै बढिमा १ लाख सम्मकोरोना बिमा गर्न पाईने नियमसँगै संस्थाले जोखिमन्युनीकरण गर्नका लागि कर्मचारीको बिमा गरिएको अध्यक्ष राउत बताउनु हुन्छ ।
संस्थाले कोरोना महामारीमा चैत्र २६ गतेदेखि हप्ताको दुई दिन कार्यालय खोली सामाजिक दुरी कायम गर्दै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले सदस्यलाई २५ हजारदेखि पाँचलाख सम्म भुक्तनी दिदै आएको छ ।
आईतबार र बुधबार संस्थाले दुई सेवा केन्द्रसहित मुख्य कार्यालय खुल्ला गरी सेवा प्रदान गर्ने जनाएको छ । सदस्यहरुलाई फोन गरेको अवस्थामा घर घरमै गएर पनि निरन्तर सेवा दिदै आएको छ ।
कर्मचारीहरु यस्तो अवस्थामा पनि सदस्यहरुको सेवामा हरदम तयार रहेर सुरक्षित तबरले सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार