वित्तीय संकट समाधानमा नेफ्स्कून र सहकारी बैंकबीच सहकार्यको सहमति
काठमाडौं, १८ बैशाख
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंक लि. बीच कोरोना भाइरसले उत्पन्न वित्तीय संकट समाधानमा सहकार्य गर्ने सहमति भएको छ ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण नेपालका सहकारीहरुमा तत्काल पर्न जाने वित्तीय संकटको व्यवस्थापन एकीकृत पहलबाट गर्न दुई केन्द्रीय निकाय सहमत भएका हुन् । त्यसका लागि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको संयोजकत्वमा ८ सदस्यीय संयुक्त कार्यदल समेत गठन गरिएको छ ।
रणनीतिक ढंगले नेपालको सहकारी अभियानलाई व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक सहकार्य मार्फत साझेदारीका क्षेत्रहरु तय गरी संयुक्त रुपमा सहकारी प्रबर्द्धन, विकास, व्यावसायिकीकरण र प्राविधिकीकरणका लागि दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु पदेन सदस्य रहने कार्यदल गठन गरिएको आज जारी संयुक्त बिज्ञप्तिमा उल्लेख छ । उक्त कार्यदलले नेफ्स्कून र सहकारी बैंकले उपलब्ध गराउने सेवा, नीतिगत वहस पैरवी तथा प्रविधि विकासका लागि आवश्यक मार्गदर्शनका बारेमा विस्तृत गृहकार्य गरी प्रतिवेदन बुझाउने निर्णय छलफलमा भएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलमा नेफ्स्कूनका तर्फबाट महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरु पनि सम्मिलित हुनुहुन्छ भने सहकारी बैंकका तर्फबाट सञ्चालकहरु सरिता भट्टराई, ज्ञान बहादुर तामाङ्ग र रामहरि बजगाई सदस्य रहनुभएको छ । आजको छलफलमा दुबै संस्थाले व्याजदरमा एकरुपता कायम गर्ने र कोभिड १९ संक्रमणको अवस्थामा सहकारी क्षेत्रलाई आवश्यक पर्ने वित्तीय सेवा सहजिकरणका लागि विपद् व्यवस्थापन केन्द्रीय तरलता कोष सुरु गर्ने सहमति जुटेको विज्ञप्तिमा जनाइएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार