सहकारीकर्मी र सदस्यलाईको लागि महासंघले बनायो मनोवैज्ञानिक भिडियो परामर्श
काठमाडौं, १८ बैशाख
राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरसको महामारीका कारण जनसमुदायमा परेको मनोवैज्ञानिक असरलाई न्युनिकरण गर्ने उद्देश्यले मनोवैज्ञानिक भिडियो परामर्श सार्वजनिक गरेको छ ।
महासंघले २०७६ बैशाख १८ गते सामाजिक संजाल तथा युटुव च्यानलमार्फत मनोवैज्ञानिक भिडियो परामर्श सार्वजनिक गरेको हो । नेतृत्व चेतना कोच इन्द्र गुरुङले सो भिडियोमा परामर्श दिनुभएको छ ।
उहाँले कोरोना भाइरसका कारण मनमा डर त्रास भएमा कसरी तनाव व्यवस्थापन गर्ने, लकडाउनमा घरमा कसरी समय व्यवस्थापन गर्ने, तन र मनलाई कसरी सक्रिय बनाउने लगायतको विषयमा प्रभावकारी परामर्श दिनुभएको छ ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले ११ चैतदेखि भएको लकडाउन र कोरोना भाइरसका कारण विश्वमा फैलिएको महामारीका कारणमा मानिसमा मनोवैज्ञानिक असर परेकाले महासंघले जनहितका लागि यो भिडियो तयार गरेको बताउनुभयो ।
कोरोना महामारी र लकडाउनले सहकारीका सञ्चालक, सदस्य र कर्मचारीहरुमा एक खालको डर, चिन्ता देखिएको र सोही डर, चिन्तालाई कम गर्न भिडियो निमार्ण गरेको उहाँले बताउनभयो ।
सहकारीका सदस्य, सहकारीकर्मी तथा सदस्यहरुका लागि यो भिडियो निकै प्रभावकारी हुनेछ उहाँको भनाई छ । भिडियोमार्फत डर र चिन्ता मुक्त गर्न निकै सहयोग पुग्ने उहाँको भनाई छ ।
उपत्यकामा उपलब्ध महासंघका संचालकहरुसँगको छलफलले मनोवैज्ञानिक परामर्श भिडियो निर्माण गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत यो भिडियो तयार भएको हो । सो भिडियो अपलोड भएको केहि समय मै ३ हजारभन्दा बढीले हेरिसकेका छन् ।
आम सहकारीकर्मी तथा समुदायका लागि राष्ट्रिय सहकारी महासंघले तयार गरेको मनोवैज्ञानिक भिडियो परामर्श ।
Gepostet von Ncf Nepal am Mittwoch, 29. April 2020
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार