क्रेडिट युनियन डेको थिम तय, विश्व समुदायको लागि प्रेरणादायक आशा
काठमाडौं, १८ बैशाख
यस वर्ष १५ अक्टोबरमा मनाइने क्रेडिट युनियन डे (आइसीयू दिवस)को थिम तय भएको छ । १५ अक्टोबर २०२० मा विश्वभरि क्रेडिट युनियन डे (आइसीयू दिवस) मनाइने छ ।
१९४८ बाट प्रत्येक वर्ष अक्टोबर महिनाको तेस्रो बिहीबार क्रेडिट युनियन डे मनाउन थालिएको हो । कोभिड १९को महामारीको समयमा क्रेडिट युनियन विश्व समुदायका लागि उत्प्रेरक हुन सक्ने यो थिमको अर्थ रहेको छ । विश्व ऋण परिषद् यो थिम सार्वजनक गरेको हो ।
क्रेडिट युनियन अथवा बचत तथा ऋण सहकारीहरुले आर्थिक समावेशी र विश्वका मानिसलाई भविष्यप्रति आशा जगाउने काम गरेका ओक्कुले जनाएको छ । कोभिड १९ को महामारीको यो समयमा क्रेडिट युनियनले विश्वभरी नै निरन्तर रुपमा सदस्यलाई उच्च सेवा प्रदान गरिरहेको ओक्कुले बताएको छ ।
बचत तथा ऋण सहकारीले स्थानीय समुदायहरुमा आवश्यक सेवा र सहयोग गरिरहेका छन् । तथापी यस्ता सहकारीहरुलाई अझै पनि अन्य वित्तीय संस्थाहरुभन्दा टाढा राखिएको छ । ‘हामीले वास्तवमै विश्व समुदायका लागि प्रेरणादायी आशा राखेका छौं । यो स्थितिमा क्रेडिट युनियन दिवसका लागि यो भन्दा राम्रो अर्काे थिम हुन सक्दैन’ विश्व क्रेडिट युनियनका प्रेसिडेन्ट तथा सिइओ ब्रायन वाँचले भनेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार