अब हरेक दिन व्यवस्थापक तथा प्रतिनिधिलाई नि:शुल्क तालिम
काठमाडौं, १७ बैशाख
राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघ/संस्थाहरुका व्यवस्थापक तथा प्रतिनिधिहरुलाई निःशुल्क अनलाईन तालिम सुरु गरेको छ ।
लकडाउनको समयमा बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुका व्यवस्थापक तथा प्रतिनिधिहरुको दक्षता अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरेको Online Basic Excel तालिम आजबाट शुरू भएको हो ।
तालिम बैशाख २४ गतेसम्म दैनिक दिउँसो २ बजेदेखि ३ः३० सम्म सञ्चालन हुने बैंकले जनाएको छ । तालिमलाई बैंकका संचालक विश्वनाथ मण्डल र बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्यले सहभागीहरुलाई अनलाईनमै स्वागत गर्दै शूरू गर्नुभएको थियो ।
बैंकका सूचना, प्रविधि संचार तथा प्रकाशन विभाग प्रमुख नविनकुमार कार्कीले Moderation गर्नु भएको तालिमको प्रशिक्षण सी.ए. सुरेश सिंघीले गर्नुभएको थियो ।
बैंकले सदस्य सहकारी संघ/संस्थाहरुका लागि अनलाईन प्रदान गरेको सिपमुलक यो पहिलो तालिम हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार