विपत् ववस्थापनका लागि स्वर्णलक्ष्मी साकोसको ३ लाख सहयोग
चितवन, १५ बैशाख
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वलाई अनुशरण गर्दै चितवन जिल्ला अन्तर्गतका विभिन्न स्थानिय निकायहरुलाई विपत् व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।
संस्थाले भरतपुर महानगरपालिकालाई १ लाख ५१ हजार, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकालाइ ५१ ह्जारका दरले गरी कुल तीन लाख चार हजार रुपैयाँ सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष कृष्णकुमार तमाङले बिगतमा पनि यस्ता किसिमका विपत् तथा विभिन्न अवसरहरु पारी सहयोग गरीरहेको र आगामी दिनहरुमा समेत गर्दै जाने बताउनुभयो ।
बन्दाबन्दी (लकडाउन) को परिस्थितिमा सदस्यहरुको आर्थिक समस्यालाई मध्यनजर गरी संस्थाले आवश्यक सतर्कता अपनाई नियमित रुपमा तालिका मिलाई सेवा प्रबाह गर्दै आईरहेको पनि उहाँले जानकारी गराउनु भयो ।
भरतपुर ०१ लायन्सचोक, चितवन स्थित मुख्य कार्यालय रहको संस्थाको रत्ननगर, खैरहनी, कालिका र चनौलीमा गरी ४ सदस्य सेवा कार्यालयहरु समेत संचालनमा रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार