ॐ श्री गोसाइँकुण्ड सहकारीले ब्याज रकममा २० प्रतिशत छुट दिने
नुवाकोट, १५ बैशाख
लकडाउनको समयमा ॐ श्री गोसाईकुण्ड बहुउद्देश्यीय सहकारी संस्था सदस्यलाई राहत स्वरुप विभिन्न छुट दिने भएको छ ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर पण्डितको अध्यक्षतामा सोमबार बसेको बैठकले स्थानीय तहलाई आर्थिक सहयोग प्रदान गर्ने र सदस्यलाई छुट प्रदान गर्ने निर्णय गरेको हो ।
लकडाउनको अवधिभित्र सदस्यले तिर्नुपर्ने सावा, व्याज नियमित तिरेमा ब्याज रकममा २० प्रतिशत छुट र हर्जना नलिने निर्णय गरेको छ ।
त्यस्तै लकडाउन अवधिमा सावा नतिरि व्याज मात्र तिर्ने सदस्यहरुको लागि ब्याज रकममा १५ प्रतिशत दिने र हर्जना छुट हुने समेत निर्णय संस्थाले गरेको छ ।
त्यस्तै संस्थाले विदुर नगरपालिकालाई संस्थाकोतर्फबाट ५१ हजार ६२ रुपैयाँ, बैठक भत्ता वापत ८ हजार पाँच सय रुपैयाँ, कर्मचारीको तर्फबाट ६ हजार ३ रुपैयाँ सहयोग गर्ने निर्णय संस्थाले गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार