काठमाडौं उपत्यकाका सहकारीलाई संयुक्त अपिल जारी (लकडाउनमा के गर्ने/के नगर्ने?)
काठमाडौं, १५ बैशाख
काठमाडौं उपत्यकाका सहकारी संस्थाहरुका लागि सहकारी अभियानको तर्फबाट संयुक्त अपिल जारी गरिएको छ ।
काठमाडौं, ललितपु र भक्तपुर जिल्ला सहकारी संघहरुको संयुक्त बैठकले सहकारी संस्थाहरुलाई कोरोना महामारिको विषयमा अपिल जारी गरिएको हो ।
विषम परिस्थितीमा सहकारी क्षेत्रमा देखिएको समस्या र त्यसबाट दीर्घकालिन रुपमा पर्न सक्ने प्रभावहरुलाई समेत मध्यनजर गर्दै संस्थाले दिने सेवालाई अझ सुरक्षित र दीगो रुपमा सञ्चालन गर्न अपल जारी गरिएको हो ।
प्रति सदस्य हप्तामा २० हजारसम्म भुक्तानी गर्न संघहरुले अपिल गरेको छ । त्यस्तै अत्यावश्यक दैनिक खाद्यान्न व्यवस्थापन गर्न बाहेक अन्य क्षेत्रमा परिस्थिति सहज नहुन्जेल सम्मका लागि कर्जा प्रवाह नगर्न समेत अपिल गरिएको छ ।
संघहरुले संयुक्त रुपमा जारी गरेको अपिल
१. बन्दबन्दीको समयावधिसम्म अनावश्यक रकम घरमा संचित नगर्नका लागि सदस्यहरुलाई सूचना जारी गर्दै अति आवश्यक वस्तु तथा सेवा खरीदका लागि मात्र हप्ताको १ पटक अधिकतम् भुक्तानीको सीमा रकम प्रति सदस्य रु अधिकतम् रु २०,०००।– अक्षरुपी बीस हजार सम्म मात्र वा संस्थाको तरलता तथा नगद व्यवस्थापन क्षमताको आधारमा निश्चित तालिका समेत तोकी भुक्तानी गर्नु हुन ।
२. अत्यावश्यक दैनिक खाद्यान्न व्यवस्थापन गर्न बाहेक अन्य क्षेत्रमा परिस्थिति सहज नहुन्जेल सम्मका लागि कर्जा प्रवाह नगर्नु हुन ।
३. सहकारीको बचत सहकारी क्षेत्र भित्रै राष्ट्रिय सहकारी बैंक लि. र वित्तिय कारोबार गर्ने सघंहरुमा राखेर सदार्झै सहकारीकर्मीहरुले एकता कायम गर्नु हुन ।
४. सहकारी संस्थाहरुले सुरक्षित विधि प्रयोग गरी न्युनतम् जनशक्तिबाट ३ घण्टा वा सम्र्पक व्यक्ति तोकि सदस्यहरुलाई सेवा प्रदान गर्नु हुन ।
५. मिति २०७६ साल चैत्र १६ गते सहकारी विभागबाट जारी परिपत्र, मिति २०७७ वैशाख ११ गते वागमती प्रदेश सरकारले जारी गरेको सूचनाको प्रतिलिपी र संस्थाको परिचयपत्र समेत साथमा लिई सेवा प्रदान गर्नु हुन ।
६. संस्थाहरुमा जोखिम व्यवस्थापन कार्यदल गठन गर्ने र जोखिमको अवस्थाको अध्ययन गरी सोको तत्काल् सम्बन्धित् जिल्ला सहकारी संघ र विषयगत जिल्ला सहकारी संघहरुमा वित्तिय अवस्थाहरुको लिखित जानकारी गर्नुहुन ।
७. सहकारीका सदस्यहरुमा परेको मनोवैज्ञानिक प्रभाव न्युनिकरण र सेवा सम्बन्धि निरन्तर परार्मश जारी राख्नु हुन ।
ज्ञान बहादुर तामाङ –अध्यक्ष , जिल्ला सहकारी संघ लि. काठमाण्डौं
माधव दुलाल –अध्यक्ष, जिल्ला सहकारी संघ लि. ललितपुर
केदार खडका –अध्यक्ष, जिल्ला सहकारी संघ लि भक्तपुर
रामहरि बजगाई –अध्यक्ष, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
दिपक पनेरु –अध्यक्ष, काठमाण्डौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
मनोज थापा मगर – अध्यक्ष, काठमाण्डौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.
शरद कुमार मर्हजन –अध्यक्ष, बहुउद्देश्यीय सहकारी संघ लि. ललितपुर
शनिस लागेजु –अध्यक्ष, ललितपुर जिल्ला कृषि सहकारी संघ लि. ललितपुर
दिल नापित –उपाध्यक्ष, ललितपुर जिल्ला कृषि सहकारी संघ लि. ललितपुर
देवराज न्यौपाने –सचिव, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. भक्तपुर
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार