चन्द्रागिरि साकोसमा रियल टाईम बैंक ट्रान्सफर सुविधा प्रभावकारी
काठमाडौं, १५ बैशाख
थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बैशाख ६ गतेबाट सुरु गरेको रियल टाईम बैंक ट्रान्स्फर सुविधा प्रभाकारी देखिएको छ ।
संस्थाको कार्यालयसम्म आई सेवा लिन असमर्थ सदस्यहरुले सहकारीमा रहेको आफ्नो खाताको रकम आफुलाई पायक पर्ने बैंकमा रहेको आफ्नो वा आफुसँग सम्बन्धित व्यक्तिहरुको खातामा ट्रान्स्फर गरी आफूलाई अत्यावश्यक रकम निकाल्न सकिएको चन्द्रागिरिका सदस्यहरुले बताएका छन् ।
यो सेवा निःशुल्क रुपमा उपलब्ध गराईएको कारणले देशका अन्य भागमा रहेका आफ्ना परिवारजन तथा आफन्तहरुलाई रकम भुक्तानी गर्न पनि यो सुविधाले सहज भएको उनीहरुले बताएका छन् ।
त्यसैगरी संस्थाले लोड टु वालेट सुविधा पनि उपलब्ध गराएको छ । जसमा सहकारीमा रहेको आफ्नो खाताबाट ई सेवा, आई.एम.ई. पे, खल्ती तथा प्रभु पेमा रकम लोड गर्न सकिने बताईएको छ । नगद रहित यस प्रकारका विविध सेवाहरु उपलब्ध गराउने क्रममा संस्थाले क्यु.आर. पे सुविधापनि सुरु गरिसेकेको संस्थाका प्रमुखकार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो । सहकारीबाट बैंकमा रकम ट्रान्सफर प्रभावकारी देखिएको र छिट्टै बैंकबाट पनि सहकारीमा रकम ट्रान्सफर सेवा संस्थाले उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो ।
हाल विभिन्न खाद्य स्टोर, मेडिकल, खानेपानी संस्थानहरुमा संस्थाको उक्त सुविधा उपलब्ध भएकोले सदस्यहरुले अत्यावश्यक खाद्य सामग्री तथा औषधिहरु खरिद गरि सकेपछि मोबाईलबाट कोड स्क्यान गरि भुक्तानी गर्न सक्ने भएका छन् । कोभिड १९ कोे महामारीको यस समयमा स्थानीय मेडिकल, मिनीमार्ट तथा खानेपानी समितिहरुमा सदस्यहरुले क्यु.आर. कोड स्क्यान गरी आफ्नो खाताको रकमबाट भुक्तानी गर्ने क्रम बढ्दो रहेको कुरा सिर्जना मेडिकल थानकोटका सञ्चालक रामप्रसाद रानाभाटले बताउनुभयो ।
संस्थाको चन्द्रागिरि एम. सर्भिस एपबाट उपलब्ध हुने उक्त सेवाका प्रयोकगर्ताहरु हाल ४ हजार ५ सय भन्दाबढि रहेका छन् । लामो समयदेखि सरकारले गरिरहेको लकडाउनको कारणले गर्दा नगद रहित कारोबार गर्न सदस्यहरु आकर्षित भएको र हाल यसको प्रयोगकर्ता संख्या पनि बढिरहेको संस्थाका सूचना प्रविधि सहायक सुदन भण्डारीले बताउनुभयो । उक्त एपबाट ब्यालेन्स ईन्क्वायरी गर्ने, लामो तथा छोटो स्टेटमेन्ट प्राप्त गर्ने, ऋणको जानकारी लिने, फण्ड ट्रान्स्फर गर्ने, चेक अनुरोध तथा रद्द गर्ने जस्ता बैंकिङ सुविधा तथा मोबाईल टपअफ, ईन्टरनेट, टि.भी., विद्युत, खानेपानी, मुभी तथा हवाई टिकट जस्ता भुक्तानी सुविधा समेत उपलब्ध रहेको छ ।
विगत ५ वर्षदेखि बैंकिङ तथा सहकारी क्षेत्रमा नविन कार्य गर्न प्रयत्नरत हाम्रो टेक्नोलोजीले उक्त सेवाको विकास गरी विभिन्न बैंक तथा सहकारी संस्थाहरुलाई उपलब्ध गराएको हो । नेपालको बैंक तथा सहकारी क्षेत्रमा प्रविधिमा आधारी नयाँनयाँ सेवाको विकास गर्दै जाने कुरा हाम्रो टेक्नोलोजीका सञ्चालक सञ्जय महासेठले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार