४ वैशाख २०८३, शुक्रबार

स्थानीय तहलाई आर्थिक सहयोग गर्दै बचत संघ काभ्रे

२०७७ वैशाख १५, सोमबार
स्थानीय तहलाई आर्थिक सहयोग गर्दै बचत संघ काभ्रे

बनेपा, १५ बैशाख

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लाका स्थानीय तहलाई आर्थिक सहयोग गर्दै आएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण स्थानीय तहलाई परेको असरसँग जुध्न संघले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै स्थानीय सरकारले संचालन गरेको राहत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

यसै शिलशिलामा संघका अध्यक्ष रामहरी के.सीले नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्मा तिमल्सिनालाई आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

त्यस्तै रोशी गाउँपालिकालाई पनि रकम हस्तान्तरण गरिएको छ ।

महामारीका कारण संकटमा परेका नागरिकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले जिल्ला बचत संघ काभ्रेले जिल्लाका सबै स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको संघका प्रबन्धक गुरुप्रसाद ढकालले जानकारी दिनु भयो ।

सहयोग स्वरुप जिल्लामा अवस्थित प्रत्येक नगरपालिकालाई ५० हजार र गाउँपालिकालाई ४० हजारको दरले आर्थिक सहयोग उपलब्ध गराउने संचालक समितिको बैठक गरेको थियो । सोही निर्णय अनुसार सहयोग हस्तान्तरण गरिरहेको प्रबन्धक ढकालले बताउनु भयो ।

अभिलेख

लोकप्रिय