३० असोज २०८३, शुक्रबार

सहकारीका नेतामा अविश्वास : नेता आउट, कर्मचारी इन !

२०७७ वैशाख १४, आईतवार
सहकारीका नेतामा अविश्वास : नेता आउट, कर्मचारी इन !

काठमाडौं, १४ बैशाख

कोरोना महामारीमा सहकारी क्षेत्रले खेल्नु पर्ने भूमिका लगायत अन्य विषयमा अध्ययन गर्न बनेको समितिमा सहकारीका नेताहरु आउट भएका छन् । सहकारी विभागले बनाएको समितिमा एक जना पनि सहकारीका नेताहरु अटाएका छैनन् । उक्त समितिमा विभिन्न सहकारी संघका कर्मचारी समावेश गरिएको छ ।

बैशाख १२ गते सहकारी विभागले कोरोनाको संक्रमणबाट जोजिन र सहकारी क्षेत्रको भूमिकालाई कसरी प्रभावकारी बनाउने भनेर छलफल गरेको थियो । उक्त छलफलले सहकारीले खेल्नु पर्ने भूमिका, आगामी आर्थिक विधेयक, सरकारको नीति तथा कार्यक्रम र बजेटमा सहकारी क्षेत्रमा समेटिनुपर्ने विषयहरु अध्ययन गरी प्रतिवेदन बनाउन समिति गठन गरिएको थियो ।

समितिको संयोजक राष्ट्रिय सहकारी महासंघको महाप्रवन्धक रहेका छन् । त्यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत, बहुउद्देश्यीय केन्द्रिय संघका प्रमुख कार्यकारी अधिकृत, कृषि संघका महाप्रवन्धक र सहकारी विभागका अधिकृत रहेका छन् ।

समितिले बैशाख १७ गतेभित्र प्रतिवेदन पेश गर्नेगरी निर्णय भएको हो । विगतमा भने सहकारीका नेताहरु मात्र यस्ता समितिमा रहने गरेका थिए । सहकारीका नेताहरुभन्दा कर्मचारीबाट काम प्रभावकारी हुने भएपछि यसपटक कर्मचारीमात्र समितिमा राखिएको विभागको भनाई छ ।
सहकारीका नेताहरु भाषण मात्र गर्ने र कामको परिणाम नआउने भएका कारण कर्मचारीहरु (प्रोफेस्नल) व्यक्तिहरुबाट समिति निर्माण गरेको विभागका एक अधिकारीले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय