११ साउन २०८३, सोमबार

रामकोट साकोसले दियो १० प्रतिशत ब्याज छुट, कार्यालय नियमित खुल्ने

२०७७ वैशाख १३, शनिवार
रामकोट साकोसले दियो १० प्रतिशत ब्याज छुट, कार्यालय नियमित खुल्ने

धादिङ, १३ बैशाख

निलकण्ठ–८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाले नियमित सेवा सुचारु गरेको छ । लकडाउनका कारण बन्द रहेको कार्यालय शुक्रबारबाट दैनिक ३ घण्टा मात्र सेवा दिने गरी खुलेको हो ।

संस्थाले बिहान ११ बजेदेखि २ बजेसम्म सदस्यलाई वित्तीय सेवा दिनेछ । त्यस्तै संस्थाको निर्णय अनुसार बैशाख मसान्तसम्म किस्ता बुझाउने सदस्यलाई ब्याजमा १० प्रतिशत छुट र हर्जना नलिने निर्णय गरेको संस्थाका अध्यक्ष हेमराज श्रेष्ठले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय