सवारी पास, प्रयाप्त तरलता छैन कसरी खोल्नु सहकारी ?
काठमाडौं, १२ बैशाख
बागमती प्रदेश सरकारले वित्तीय कारोबार गर्ने सहकारीलाई दैनिक कार्यालय खोल्न निर्देशन दिएसँगै विभिन्न टिका टिप्पणी सुरु भएको छ । सूचना जारी भएपछि केही सहकारीले आजबाट नियमित सेवा सुरु गरेका छन् । कतिपय सहकारीका सञ्चालक÷कर्मचारीले भने यसको विरोध गरेका छन् ।
केही सहकारी संस्थाले यसअघि देखिनै सेवा प्रवाह गरीरहेका छन् भने केही सहकारी पूर्ण रुपमा बन्द छन् । धेरैजसो सहकारी संस्थाले आफ्ना सदस्यलाई घरमै पुगेर सिमित सेवा प्रवाह गरिरहेका छन् ।
कतिपय सहकारी सातामा २/३ दिन कार्यालयबाट सेवा प्रवाह गरिरहेका छन् । यातायात पास नभएका कारण कार्यालय बन्द गराउनु परेको प्रतिक्रिया दिएका छन्, भने कतिपयले निरन्तर सेवा प्रवाह गरिरहेका छन् ।
लकडान सुरु भएको केही दिनमा सहकारी विभागले सूचना जारी गरी सेवा निरन्तरता दिन अनुरोध गरेको थियो । तर, सहकारी महासंघ कार्यालय खोल्न नसकिने र सम्र्पक व्यक्तिमार्फत सेवा दिन सकिने प्रतिक्रिया दिएको थियो ।
कार्यालय खोलेर सेवा प्रवाह गर्न चाहने सहकारी संस्थाको लागि संघीय सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यायलमार्फत पास समेत मिलाईदिएका छन् । मन्त्रालयले पास आवश्यक भएमा उपलब्ध गराउने समेत जनाएको छ ।
संस्थामा प्रयाप्त तरलता नहुँदा समस्या आउने होकी भनेर समेत कार्यालय खोलेका छैनन् । कार्यालय खोलेका सहकारीले पनि सिमित मात्रामा भुक्तानी गर्ने गरेका छन् । सहकारीका सदस्यहरु आफूलाई आवश्यक परेको रकम निकाल्न नपाउँदा आक्रोश समेत पोख्ने गरेका छन् । नयाँ निक्षेप नआउने र अलि अलि भएको पैसा पनि सकिने हो की भनेर सहकारी संस्थाका सञ्चालक चिन्तित देखिन्छन् ।
खासगरी कार्यालय धेरै समय खोल्दा निक्षेप फिर्ता हुने र संस्थानै समस्यामा पर्ने सम्भावना प्रवल छ । यस विषयमा सरकार, अभियान मौन छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार