हाम्रो सगरमाथाको सम्पूर्ण सेवा केन्द्र खुला, सदस्यको अवस्था समेत बुझिने
काठमाडौं, १२ बैशाख
बागमती प्रदेश सरकारले निर्देशन जारी गरेको भोलीपल्टै हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका सबै सेवाकेन्द्र खुला गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेश सहकारी मन्त्रालयले बिहीबार वित्तीय सहकारी दैनिक ३ घण्टा कार्यालय खोलेर सेवा दिन निर्देशन जारी गरेको थियो । संस्थाले घरदैलो र समय समयमा कार्यालय खोली सेवा प्रवाह गरिरहेका थियो । अब संस्थाका सबै सेवाकेन्द्र आइतबारबाट खुला हुनेछ । मन्त्रालयको निर्देशन र सहकारीका सदस्यलाई पर्न सक्ने वित्तीय आवश्यकतालाई मध्येनजर गर्दै कार्यालय खुला गरिएको उप–महाप्रबन्धक गोपिनाथ घिमिरेले जानकारी दिनुभयो ।
यस अघि पनि संस्थाले निरन्तर सेवा प्रदान गर्दै आएको थियो । लकडाउनको समयमा संस्थाले झण्डै सात हजार सदस्यलाई घरदैलो सेवा प्रवाह गरेको घिमिरेले बताउनुभयो ।
संस्थाले कर्मचारीको व्यवस्थापन गर्न सेवा केन्द्र प्रमुखलाई जिम्मेवारी दिएको छ । सदस्यको अवस्था बुझ्न समेत कर्मचारीलाई संस्थाले निर्देशन दिएको छ ।
सम्पूर्ण सदस्यहरुको अवस्था र समस्याका बारेमा फोन अथवा अन्य विकल्पमार्फत बुझ्न समेत कर्मचारी परिचालन गरिएको घिमिरेले बताउनुभयो । सुरक्षाको विधि अपनाएर सदस्यको सेवामा क्रियाशिल रहेको उहाँको भनाई छ ।
संस्थाको १८ वटा सेवा केन्द्र रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार