३ कात्तिक २०८३, सोमबार

विकूले दियो सदस्यलाई छुटै छुट, खुसी भए सदस्य !

२०७७ वैशाख ११, बिहिबार
विकूले दियो सदस्यलाई छुटै छुट, खुसी भए सदस्य !

गैंडाकोट, ११ बैशाख

कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) प्रदान गरी निरन्तर सेवा प्रवाह गरिरहेको विकू बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि थप राहत प्याकेज ल्याएको छ ।

संस्थाले ऋणको किस्ता असार मसान्तसम्म बुझाउन सकिने व्यवस्था मिलाएको छ । उक्त ऋणको किस्ता असार २० गतेसम्म बुझाएमा ब्याजको १० प्रतिशत छुट हुने निर्णय समेत संस्थाले गरेको छ । त्यस्तै कलडाउन अवधिभरमा पर्ने किस्तामा हर्जना समेत नलगाउने संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाले दैनिक गुजारा गर्न समस्या परेमा बढीमा १५ हजार रुपैयाँसम्म तीन महिनाको लागि सापटी समेत लिन सकिने संस्थाले जनाएको छ । त्यस्तै संस्थाले लकडाउनको समयमा सदस्य अस्पताल भर्ना भएमा ५० हजारसम्मको बिल भुक्तानी गरीदिने समेत जनाएको छ । उक्त रकम २ महिना भित्र सदस्यले संस्थालाई फिर्ता गर्नुपर्नेछ ।

लकडाउनको समयमा डिजिटल कारोबारलाई समेत संस्थाले प्राथमिकता दिएको छ । एटिएमबाट रकम निकाल्दा कुनै पनि शुल्क नलाग्ले संस्थाले जनाएको छ ।

व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) प्रयोग गरी दैनिक सेवा निरन्तर प्रवाह गरिरहेको छ ।

कोरोना भाइरस ९कोभिड १९० को संक्रमणलाई रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सदस्यहरुलाई आफ्नो खातामा नगद जम्मा गर्न, नगद भुक्तानी, ऋण भुक्तानी र रेमिट्यान्सको सेवा प्रवाह गरिहेको प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो।

संस्थाको सेवा लिँदा दिँदा पनि सदस्यहरुलाई विश्व स्वास्थ्य संगठनले सुझाएको विधिहरु अपनाएर मात्रै सेवा दिइरहेको उहाँको भनाई छ । सदस्यहरुलाई हात धुन लगाउने, सेनिटाइजर प्रयोग गर्ने र निश्चित सामाजिक दुरी कायम गर्दै टोकरीको व्यवस्था सहित सेवा प्रवाह गरिरहेको हो ।

यो विषम परिस्थितीमा पनि सदसयहरुको मागलाई ध्यानमा राखेर मुख्य कार्यालयसहित १७ वटै सेवाकेन्द्रबाट दैनिक सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।

मुख्य कार्यालयबाट दैनिक १०० जना सदस्यहरुले सेवा लिइरहेको र सब केन्द्रमा गरी ५ सयदेखि ६ सय जना सदस्यहरुलाई यो विषम परिस्थितीमा पनि आवश्यक सेवा विकूले दिइरहेको हो ।

अभिलेख

लोकप्रिय