नमस्ते सहकारी : सदस्य र समुदायको सारथी
नेपालगञ्ज : नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. बाँके सदस्य र समुदायप्रति सधै उत्तरदायित्व रहेको अहिलेको विपत्तीले पनि पुष्टि गरेको छ ।
कोरोना भाईरसका कारण लकडाउन कायम भएको अवस्थामा पनि संस्थाले निरन्तर सेवा प्रवाह गर्दै आएको छ । आफ्ना सदस्य र समयुदायलाई नै यो विपत्तीमा सहयोग गरेको छ । पश्चिम नेपालको सहकारी अभियानमा छुट्टै पहिचान बनाउन यस संस्थाले सदस्य, समुदाय र स्थानीय सरकारको समेत मन जितेको छ ।

अहिलेको विपत्तीमा संस्थाले सातामा दुई दिन कार्यालय खोली निरन्तर वित्तीय सेवा प्रदान गर्दै आएको छ । आफ्ना सदस्यलाई आपत् पर्दा १० हजाररुपैयाँ देखि ३ लाख रुपैयाँसम्म रकम भुक्तानी संस्थाले गर्दै आएको अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो । आत्यावश्यक परेको अवस्थामा घरमै रकम पुर्याईदिने व्यवस्था संस्थाले गरेको छ ।
यसैगरी लकडाउनको समयमा विपन्न वर्गलाई राहत पुगोस् भनेर स्थानीय सरकारलाई आर्थिक सहयोग संस्थाले गरेको छ । कोरोना भाईरसको उपचार, नियन्त्रण र रोकथामको लागि केही हदसम्म भए पनि सहयोग पुगोस् भनेर संस्थाले सहयोग गरेको हो ।

संस्थाले नेपालगञ्ज उपमहानगर पालिकालाई ५० हजार, कोहलपुर नगरपालिकालाई २५ हजार, खजुरा गाउँपालिकालाई १५ हजार, बैजनाथ गाउँपालिकालाई १०हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमाल र सचिव प्रकाश ज्ञवालीले संयुक्त रुपमा ती स्थानीय तहलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
गरिब निमुखा वर्गहरुलाई अतिआवश्यक सेवा खाद्यान्नको व्यवस्थापनसँगै कोरोना विरुद्धको लडाईमा यो सानो सहयोगको हात अगाडि बढाएको अध्यक्ष रिमालले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार