सुरक्षा कवचसहित विकूको सेवा निरन्तर
गैंडाकोट, ९ बैशाख
विकू बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) प्रदान गरी दैनिक सेवा निरन्तर प्रवाह गरिरहेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सदस्यहरुलाई आफ्नो खातामा नगद जम्मा गर्न, नगद भुक्तानी, ऋण भुक्तानी र रेमिट्यान्सको सेवा प्रवाह गरिहेको प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो।
संस्थाको सेवा लिँदा दिँदा पनि सदस्यहरुलाई विश्व स्वास्थ्य संगठनले सुझाएको विधिहरु अपनाएर मात्रै सेवा दिइरहेको उहाँको भनाई छ । सदस्यहरुलाई हात धुन लगाउने, सेनिटाइजर प्रयोग गर्ने र निश्चित सामाजिक दुरी कायम गर्दै टोकरीको व्यवस्था सहित सेवा प्रवाह गरिरहेको हो ।
यो विषम परिस्थितीमा पनि सदसयहरुको मागलाई ध्यानमा राखेर मुख्य कार्यालयसहित १७ वटै सेवाकेन्द्रबाट दैनिक सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।
मुख्य कार्यालयबाट दैनिक १०० जना सदस्यहरुले सेवा लिइरहेको र सब केन्द्रमा गरी ५ सयदेखि ६ सय जना सदस्यहरुलाई यो विषम परिस्थितीमा पनि आवश्यक सेवा विकुले दिइरहेको हो ।

अत्यावश्यक काम बाहेक बहिर ननिस्कन आग्रह गरेसँगै सकेसम्म धेरैभन्दा धेरै सेवा घरबाटै लिन सकिने गरी पनि संस्थाले व्यवस्था मिलाएको छ । अहिले घरमै बसेर पनि मेबाईल रिचार्ज, टेलिफोन, खानेपानीको, बिजुलीको बिल, इन्टरनेटको बिल तिर्न सकिने, रकम रकमान्तर, केबल टेलिभिजन बिल भुक्तानी सेवा लिन सकिनेछ भने एटिएम सेवा २४ सैं घण्टा प्रदान गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार