सहकारीमा समस्या आउन सक्छ : रजिष्ट्रार
काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण नेपालको बैंकिङ क्षेत्रमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या देखिने बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आज आयोजना गरेको भिडियो कन्फ्रेन्समा बोल्दै रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी नगरी वाणिज्य बैंकमा पैसा राखेकाले बैंकमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या आउने बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘अहिले सहकारीको पैसा सहकारीमा छैन, वाणिज्य बैंकमा छ । बैंक समस्यामा पर्दा सहकारी पनि समस्यामा पर्छन ।’
छलफलको क्रममा सदस्यहरुले समस्या परेको समयमा गर्जो टार्नका लागि बचत गरेको भएकाले त्यो बचत बचतकर्ताले चाहेको समयमा पाउन सक्ने बाताबरण बनाउनु पर्ने बताउनुभयो ।
उहाँले आगामी आवको बजेटमा सहकारीको ‘सिलिङ’ घटेर आएको भन्दै घटेको बजेटमा काम गर्नुपर्ने अवस्था रहेको पनि जानकारी गराउनुभयो ।
उहाँले सहकारी महासंघ र सहकारी अभियानलाई आर्थिक ऐनमा समावेश गर्न आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘सहकारीलाई पनि राज्यले बैंकलाई दिएको जस्तो सेवा आवश्यक पर्ने भएकोले त्यस्तो सुझाव दिनुपर्छ ।’
आगामी दिनमा सहकारी सस्थाहरु कसरी चलाउने भन्ने निकै चुनौनी बढेको पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘अहिले सहकारीमा दुई खाले समस्या देखिएको छ । पहिलो समस्या भनेको लकडाउन खुल्नासाथ सदस्य सहकारीमा पैसा निकाल्न आएपनि सहकारी कसरी चल्ने, वा सहकारीले बैंकको भन्दा बढी ब्याज दिन्छन भनेर पैसा ननिकाल्न पनि सक्छन । यो भनेको हाम्रोलागि चुनौती पनि हो ।’
रजिष्ट्रार पाण्डेले आगामी दिनमा सहकारी क्षेत्रले पनि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त विषयमा अर्थ मन्त्रालयमा प्रस्ताव पनि पेश गरेका छौ । अब सहकारीले सहुलियतपूर्ण कर्जाको साथै युवा स्वरोजगार कोषको पैसा नदिने हो भने सहकारीमा तरलताको चरम अभाव हुनेछ ।’
उहाँले फरक प्रसङगमा प्रदेशका केही सहकारीहरुले फरक प्रकृतिको ऋणमा छुट दिन थालिसकेको जानकारी गराउनुभयो । फरक प्रकृतिका कर्जाका ब्याजको विषयमा छलफल भइरहेको र निर्णयमा पुगिनसकेको उहाँको भनाई छ ।
उहाँले सहकारी संस्थाहरुलाई समस्यालाई अवसरको रुपमा लिन आग्रह गर्नुभएको छ । सहकारी आगामी दिनमा प्रविधिमैत्री हुन आवश्यक रहेको पनि रजिष्ट्रार पाण्डेको भनाई छ ।
छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले कोरोना भाईरस महामारीका कारण कृषि क्षेत्रमा निकै असर परेको बताउनुभयो ।
उहाँले कोल्ड स्टोरको अभावमा कृषि सहकारीका सदस्यले उत्पादन गरेको तरकारी खेर गएको बताउनुभयो ।
कृषि सहकारीहरुले तरकारी संकलन गरेको बजारीकणमा सहयोग गरेका कारण कृषकको उत्पादन धेरै खेर जान नपाएको बताउनुभयो ।
अध्यक्ष कडेलले आठ लाख मालिक मौरीसँग दौडन नसकेर मह मौरीले नै खाँदा ५ करोड रुपैयाँ क्षती भएको, सहकारीबाट संकलन भएको ६ लाख लिटर दुधमा ३ लाख खेर गएको र चीयामा ६ करोड रुपैयाँ क्षती भइसकेको जानकारी गराउनुभयो ।
अध्यक्ष कडेलले कृषकले मल, बीउ नपाउने समस्या रहेको उल्लेख गर्दै यो समस्या तत्काल समाधान हुन आवश्यक रहेको बताउनुभयो ।
सहकारीले सदस्यलाई सेवा दिन खोजे पनि सवारी पास अभावको कारण समस्या भएको भन्दै केही सहकारीहरुले सेवा केन्द्रमार्फत सेवा दिइरहेको बताउनुभयो ।
सहकारी संस्थाहरुले ब्याजदरका साथै समग्र सहकारीको क्षेत्रमा सहुलियत दिनको लागि सहकारी अभियान, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग बसेर छलफल गर्ने बताउनुभयो ।
सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले लकडाउन खुलेपछि सदस्यहरु आएर धमाधम बचत निकाल्न थालेको खण्डमा कस्तो अवस्था आउने हो त्यसमा सबै अहिले नै सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले अबका दिनका सहकारी संस्थाहरु पूर्णरुपमा प्रविधिमैत्री बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारी बैंकले राष्ट्र बैंकले भने जसरी नै चैतबाट ब्याजमा छुट दिन थालेको पनि जानकारी गरानउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार