सहकारीमार्फत गाऊँको उत्पादन शहरमा, शहरको पुँजी गाऊँमा पुर्याउने योजना
काठमाडौं, ९ बैशाख
गाऊँको उत्पादन शहरमा र शहरको पुँजी गाऊँमा पुर्याउने योजनाका साथ रोयल बहुउद्देश्यीय सहकारी अघि बढेको छ । गाऊँ गाऊँमा उत्पादित कृषि उत्पादन शहरमा ल्याएर विक्रि गरिने र सोही पुँजी गाऊँमा पुर्याई समृद्ध मुलुक निमार्णको अभियानका साथ संस्थाले काम गरिरहेको छ ।
सरकार, निजी क्षेत्र र सहकारीको साझेदारीमा कृषि क्षेत्रमा काम हुँदैछ । रोय बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक सिताराम काफ्ले भन्नुहुन्छ, ‘अबको पाँच वर्षमा सहकारीमार्फत कृषिमा नमुना काम गरेर देखाउँछौं र हामीलाई सरकार आफै खोज्दै आउनेछन् ।’ आगामी दश वर्षमा कृषिमार्फत सदस्यको अर्थिक वृद्धिमा कायापलट ल्याउने दाबी संस्थाले गरेको छ । काफ्ने भन्नुहुन्छ ‘हामी सरकारलाई खोज्दै जाने हैन, सरकार हामीलाई खोज्दै आउने छ ।’
शहरको पूँजी गाऊँमा तथा गाऊँको उत्पादन शहरमा भित्र्याउने उचित माध्याम सहकारीनै भएको काफ्लेको भनाइ छ । सहकारीको एक्लो प्रयासले यी कुरा सम्भव नहुने र निजी क्षेत्रसंगको सहकार्यमा कृषिमा क्रान्ति सम्भव रहेको उहाँको धारणा छ । ‘मुलुक समृद्ध भएको राज्य पनि हेर्न चाहन्छ, राज्यको चाहना पनि यही हो । यसमा राज्यले नीति निर्माणमा सहयोग गर्नु पर्दछ’, काफ्ले भन्नुहुन्छ, ‘योजनाकासाथ हामी अघि वढीसकेका छौं । नतिजा देखिने क्रममा छ ।’ जसको लागि रोयल सहकारीले मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गरेको छ । उत्पादक र उपभोक्ता सिधै जोडिने काम सहकारीले भूमिका खेल्नुपर्ने उहाँको धारणा छ ।
सहकारीले ग्रामीण भेगका किसान तथा सदस्यहरुलाई उत्पादनमा लाग्न प्रविधि लगायत तालिम, मेशनरी औजार, अनुदान र बजारीकरणका लागि सहयोग गर्नेछ । किसानले गरेको उत्पादनलाई सहकारीमार्फत कृषि मार्ट खोलेर उपभोक्तमाझ पुर्याउने काम गर्दछ । मुक्तिनाथ कृषि कम्पनीले उत्पादनकालागि किसानलाई सम्पूर्ण अत्यावश्यक प्रविधि र सामाग्री उपलब्ध गराउने, उत्पादनको उचित मूल्य दिएर कम्पनीले खरिद गरिदिने बजारको ग्यारेण्टी कम्पनीले गर्ने र राज्यले आवश्यक नीति निर्माणको काममा मात्र सहयोग गरिदिए पुग्ने काफ्लेको भनाई छ । अनुदानकै लागि किसान भएकाहरुबाट राज्यले समृद्धिको सपना देखेकोले सकारात्मक नतिजा नआएको उहाँको तर्क छ । ‘हामी राज्यसँग अनुदान जस्ता कुराहरु माग्न जाँदैनौं । राज्यको सपना पुरा गर्न सहयोग हामी गर्ने छौं’, काफ्ने भन्नुहुन्छ, ‘उत्पादकलाई उचित मूल्य र उपभोक्तालाई स्वस्थ उपभोग्य बस्तु उपलब्ध गराउँदै विचौलियाको अन्त्य गर्ने योजना हाम्रो छ ।’
सहकारीले मुक्तिनाथ कम्पनीसँगको सहकार्यमा सदस्यलाई रोजगारी दिने, ब्यवसायी बनाउने तथा उनीहरुको उत्पादन ग्रेडिङ, प्याकेजिङ गरेर संस्थाको लोगो सहितको स्वस्थकर उत्पादनहरु देशभरी स्थापना भएका आफ्नै बजार मार्फत उपभोक्ताले उपभोग गर्न पाउने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार