महामारीका समयमा नेफ्स्कूनको नविनतम रणनीति
काठमाडौं, ९ बैशाख
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को बैशाख ७ गते बसेको जोखिम व्यवस्थापन कार्यदलको बैठकले महामारीका समयमा साकोसको सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिहरुको सम्बन्धमा निर्णय गरेको छ ।
संघका बरिष्ठ उपाध्यक्षको संयोजकत्वमा बनेको कार्यदलले महामारीको समयमा जनस्वास्थ्य, वित्तीय व्यवस्थापन र मनोसामाजिक परामर्श सहितको जनहितमा जारी गर्ने गरी आवश्यक सन्देशहरु तयार गर्ने, फिल्ड कार्यालयहरु मार्फत आफ्ना सदस्यहरुसँग सम्पर्क गरी जानकारी अद्यावधिक गर्ने निर्णय गरेको छ ।
त्यस्तै सदस्य संघसंस्थाहरुलाई प्रकोपको परिस्थितिमा मानव संशाधन परिचालन र सुशासन व्यवस्थापन सम्बन्धी नमूना कार्य्विधि तयार गरी तत्काल उपलब्ध गराउने, सदस्यको मागका आधारमा सहुलियत ऋण लगानीका लागि कोष व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले सदस्यहरुको विद्यमान सेवाको अवस्था, माग तथा सदस्य अनुगमन र पृष्ठपोषण दिने प्रविधिको विकास गरी लागू गर्ने र बिपद्को अवस्थामा सहकारी सञ्चालन तथा व्यवस्थापनका लागि प्रविधिमा आधारित तालिम शिक्षाको मोड्यूल तयार गर्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको नेफ्स्कूनले जनाएको छ ।
विश्वव्यापी महामारी (कोभिड १९) को विषम् परिस्थितिको समयमा सदस्य संघ संस्थाहरुको सेवा व्यवस्थापन प्रभावकारिताका लागि संघले बिपद् व्यवस्थापन कार्यविधि निर्माण गरी सदस्य सेवा निरन्तरतामा जोड दिएको छ । संघले महामारीका समयमा सहकारी सेवा व्यवस्थापन सम्बन्धी १९ बुँदे मार्गदर्शन समेत जारी गरिसकेको नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार