११ साउन २०८३, सोमबार

सहकारीलाई सहयोग गर्न १० करोडको विपत् कोष स्थापना गर्दै नेफ्स्कून

२०७७ वैशाख ९, मङ्गलबार
सहकारीलाई सहयोग गर्न १० करोडको विपत् कोष स्थापना गर्दै नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण कन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ/संस्थालाई पर्ने समस्याका लागि १० करोडको विपत् ब्यवस्थापन कोष स्थापना गर्ने भएको छ ।

संघले वर्तमान लागिएको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा विपत ब्यवस्थापन कार्यदलका संयोजक चन्द्र ढकालले जानकारी दिनुभयो । कार्यविधि निर्माण गरी पास समेत भैसेको छ । कोषले लकडाउनपछि सहकारी संघ/संस्थामा पर्ने तरलताको अभाव लगाएतका समस्यामा सहुलियत कर्जा लगाएतको सहयोग गर्ने ढकालले बताउनुभयो ।

दैनिक रूपमा कर्मचारीहरू मार्फत सदस्य संस्थासंग जिवन्त सम्पर्कको व्यवस्था मिलाइएको र उनीहरुको अवस्था पहिचान गर्ने, वित्तीय स्वास्थ र सामाजिक मनोपरामर्शका लागि प्रभावकारी अडियो सामाग्री निर्माण गर्ने, सदस्य सेवामा सरलीकरण गर्न नवीनतम प्रबिधिको विकास गर्ने, संस्थालाई आवश्यकता अनुसारको निशुल्क अन लाइन प्रशिक्षण तथा परामर्श सेवा संचालन गर्ने काम दैनिक रुपमा भईरहेको उहाँले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय