अत्यावश्यक सेवा निरन्तरताका लागि नेफ्स्कूनद्वारा अनलाईन सर्भे (आजै सर्भेमा सहभागी हुनुहोस्)
काठमाडौं, ८ बैशाख
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ/संस्था बीच अनलाईन सर्भे सुरु गरेको छ ।
कोरोना भाईरस (कोभिड १९) का कारण बन्दबन्दीको अवस्थामा सदस्य संघ संस्थाको तरलताको अवस्थाबारे अद्यावधिक जानकारी लिने, संघसँगका अपेक्षाहरु संकलन गरी सम्बोधन गर्नको लािग अनर्लान सर्भे सुरु गरेको हो ।
त्यस्तै सदस्य संघ/संस्था मार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्य सहयोग एवम् विभिन्न तहका सरकारी कोषमा गरेको योगदानको तथ्यांक अद्यावधिक गर्ने सोचका साथ आजबाट सर्भेक्षण सुरु गरेको नेफ्स्कूनले जनाएको छ ।
सर्भेक्षणमा संघ/संस्थाले सहभागिता जनाउने अपेक्षा नेफ्स्कूनले गरेको छ ।
survey.nefscun.org.np लिंकमा रहेको अनलाईन सर्भे फाराममा समाविष्ट प्रश्नावलीहरुमा सहि सूचना सम्प्रेषण गरी सहकार्य र समन्वयका लागि अनुरोध गरेको छ । फारम संघको वेबसाईट nefscun.org.np र मोबाइल एप मा पनि उपलब्ध छ ।
==>click here<==
http://survey.nefscun.org.np/
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार